कागज नहुँदा २० लाख पुस्तक छाप्न बाँकी, मन्त्रालय निर्देशन दिनमै सीमित

काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको आज ९ दिन भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ को नयाँ शैक्षिक सत्र (पठनपाठन) यही जेठ १ गते नै थाल्ने निर्णय यसअघि गरिसकेको थियो। तर पुस्तक नै नभएपछि अहिले पढाइ प्रभावित बनेको छ।सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार १ करोड ७० लाख थान नयाँ पुस्तक छापिसकिएको छ भने अझै करिब २० लाख थान पुस्तक छाप्न बाँकी छ।पुस्तक छपाइमा ढिला हुनुको कारण जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले समयमा कागज