वार्षिक परीक्षा आयो पुस्तक आएन

काठमाडौं, फागुन १७ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ। कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– ३ मा […]

सम्बन्धित सामग्री

परीक्षाफल नआउँदै पाठ्यपुस्तक विद्यालयमा

वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीले परीक्षाफल प्रकाशन गर्नुअगावै पाठ्यपुस्तक पाउने भएका छन् । गत वर्ष नयाँ भर्ना गरेको छ महिना हुँदासम्म पाठ्यपुस्तक नपाएका विद्यार्थीले यस पटक छिट्टै पाउने भएका हुन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ बाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेको छ । स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पु¥याइसकेका छन् । विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नु परेको थियो । बाजुरा जस्तो दुर्गम जिल्लालाई यस वर्ष भने पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।

यसरी पुग्यो समयमै देशैभरि पाठ्यपुस्तक

काठमाडौं । कर्णालीको कालिकोटका विद्यालयमा गत वर्षमा वार्षिक परीक्षा सकिँदा पनि पाठ्यपुस्तक पुग्दैन थियो । यो वर्ष भर्ना समय चलिरहेकै बेला नौवटै पालिकाका सबै विद्यालयमा पुस्तक पुगिसकेको छ । विगतका वर्षहरूमा परीक्षा सकिँदा पनि पुस्तक नपुग्ने गरेकामा यो वर्ष भर्ना सुरु हुनुपूर्व नै पुस्तक पुगेपछि प्रधानध्यापक र शिक्षक नै अचम्मित् छन् भने विद्यार्थीले नयाँ पुस्तक […] The post यसरी पुग्यो समयमै देशैभरि पाठ्यपुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....