काठमाडौं, (नेस) । नेपाली कांग्रेसका नेता गगन थापाले मंसिरमा हुने १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार आफ्नो वडाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो घोषणा गर्नुभएको हो । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भन्नुभयो– ‘सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर होइन, मैले आफ्नै वडामै आयोजित कार्यक्रमबाटै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरें […]