नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा.राजाराम कार्कीले काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भए पनि काँग्