गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को-को छन् दावेदार ?

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे । मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार तामझामका साथ नयाँबानेश्वरस्थित एक बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका […]

सम्बन्धित सामग्री

आफूलाई तटस्थ राख्दै पशुपति शमशेर राणाले भने– सर्वसम्मतिका लागि प्रयास गर्छु

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धाबाट आफू अलग रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै राणाले सर्वसम्मत् रुपमा नेतृत्व चयन होस् भन्ने उद्देश्यका साथ आफूले उम्मेदवारी पनि नदिने र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका दुवैको पक्षमा नखुल्ने बताएका हुन् ।उनले आफू नेतृत्वका लागि हुने निर्वाचन प्रक्रियाबाट अलग रहे पनि पार्टीको जीवनबाट अलग नहुने अरु अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गर्ने बताए । ‘सर्वस

'तपाईंहरुलाई मैले भोट किन हाल्ने ?'

“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।” नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँसेका छन् । उनले अरु इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै जनताको घरदैलोमा पुग्ने नेताहरुलाई भनेका हुन् ।      उनले आजदेखि सूचना मात्र टाँसेका छैनन्, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प...