धनकुटा : ३ नगर र ४ गाउँपालिका रहेको धनकुटा जिल्लामा शुक्रबार ४ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन्। दुईवटा स्थानीय तहमा विवाद उत्पन्न हुँदा बजेट प्रस्तुत हुन सकेन भने एउटा स्थानीय तहले आन्तरिक कारणले बजेट प्रस्तुतको मिति सारेको छ।जसमध्ये धनकुटा र पाख्रिबास नगरपालिकामा बजेट घोषणा कार्य स्थगित भएको छ। धनकुटा नगरपालिकामा गठबन्धनमा आवद्ध दलहरुले बहिष्कार गरेपछि घोषणा कार्य स्थगित भएको जनाइएको छ।धनकुटा नगरपालिकामा गणपूरक संख्या नपुगेको कारण स्थगित भएको बताइएको छ। धनकुटा नगर कार्यपालिका बैठकले चा