सुर्खेत : कर्णाली प्रदेशका ७९ ओटा पालिका मध्ये ६० वटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये कर्णालीका तीन वटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो । १९ वटा पालिकाको मतगणना कार्य जारी छ ।६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा (एकीकृत समाजवादी) ले ३