नसर्ने रोगहरूको पहिचान र उपचारका लागि दमक नगरपालिकाका हरेक वडामा 'केएचडिसि' कार्यक्रम सञ्चालन सुरु गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले केएचडिसि नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
बागमती प्रदेशमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । बागमती प्रदेशको मन्त्री परिषद् बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको हो ।
कुश्मा- पर्वत जिल्लाको कुश्मा नगरपालिका १० नं वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । सो वडाभित्र रहेका विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा उनका परिवारलाई रकम अभावका कारण काजक्रिया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडाको भनाइ छ । ‘सरकारी सेवामा रहेका र आर्थिक रूपमा सम्पन्न परिवारलाई बाहेक वडामा मृत्यु […]
१ मंसिरसम्म ६ हजार सात सय ४३ वडामै कार्यक्रम सञ्चालन हुने
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम आजदेखि वडा तहसम्म विस्तार गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई...
काठमाण्डाै - निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो ।
वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु...
काठमाडाैँ- तनहुँकाे शुक्लागण्डकी नगरपालिकाले किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्। कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा वडा नं १०, ११ र १२ मा किसानलाई सूचीकरण गरिनेछ। आगामी आवमा नगरपालिकाका अन्य वडामा यो कार्यक्रम विस्तार गरिने उनले बताए। सूचीकरण कार्यक्रमअन्तर्गत वास्तविक किसानको सूचीकरण गरी अनुदानलगायतका सुविधा […]
समृद्धि फाइनान्सले विभिन्न शाखा कार्यालयमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।कम्पनीले काठमाडौंको पुतलीसडक, पोखरा र बुटवल शाखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह माविमा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा कार्यक्रम सञ्चालन गरेको होे ।कार्यक्रममा विद्यार्थीलगायत […]
बागलुङ । व्यावसायिक दुग्ध उत्पादनलाई बढावा दिन बागलुङको गलकोट नगरपालिकाले ‘भैंसी पकेट’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका वडा नं ८ र ९ लाई समेटेर पकेट क्षेत्र घोषणा गरिएको पशु शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि चालू आवमा नगरले २५ लाख बजेट छुट्याएको थियो । पकेटअन्तर्गत उन्नत मुर्रा जातका ८० पाडी र ६ ओटा राँगो किसानलाई वितरण गरिएको छ । चार ठाउँमा दूध संकलन केन्द्र बनेका छन् । हटिया बजारमा बन्ने चिस्यान केन्द्रमार्फत दूध बजारमा पु¥याइने प्रमुख सुवेदीले बताए । आयात प्रतिस्थापन गरी गलकोटबाट दूध बाहिर बेच्ने लक्ष्यसहित भैंसी पकेटको अवधारणा ल्याइएको हो ।
अहिले पनि गलकोटको बजार क्षेत्रमा पोखराको दूध र पर्वतबाट पनिर भित्रिन्छ । ‘आगामी आवमा बाहिरबाट आउने दूध रोक्ने र दुई वर्षभित्रमा निर्यात गर्न सकिन्छ भन्ने छ,’ सुवेदीले भने । पकेट कार्यक्रम चलेपछि तत्कालै किसानले उत्पादन गरिरहेको झण्डै ६०० लिटर दूधलाई दैनिक बजारमा ल्याउन सकिने बताइएको छ । दूधको बजारीकरण नहुँदा पकेट क्षेत्रमा दैनिक उत्पादन हुने एक हजार लिटरजति दूध मोही बनाएर सकिने गरेको छ । रासस
लमजुङ : दूधपोखरी गाउँपालिका वडा नं १ मा मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको छ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग तथा ठूलाबारी, माझीबारी कृषक समूहको साझेदारीमा सो वडाका सबै घरपरिवारलाई समेट्ने गरी मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको हो।कार्यक्रम अन्तरगत उक्त वडामा फलफूल खेती र बाख्रापालन कार्यक्रम रहेको छ। चालु वर्ष २०७७/०७८ बाट सञ्चालन भएको उक्त कार्यक्रमका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराले ४
अजोड इन्स्योरेन्सले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले यमुनामाई गाउँपालिका- ४ को वडा कार्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेकाे हाे