काठमाण्डाै - निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो ।
वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु...