पूर्व माओवादी नेताहरुकाे रिटकाे सुनुवाई न्यायाधीश कार्कीकाे एकल इजलासमा

काठमाडाैँ – सांसद पदमा पुनर्बाहलीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा हुने भएको छ। पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टाेपबहादुर रायमाझी, प्रभु साह र गाैरीशंकर चाैधरीले सांसद पदमा पुनर्बहालीकाे माग राख्दै बुधबार सर्वाेच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए। उनीहरुकाे रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीकाे इजलासमा […]

सम्बन्धित सामग्री

प्रधान न्यायाधीशलाई महाअभियोग लगाउने विषयमा कुनै छलफल भएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराका सन्दर्भमा गठबन्धनमा कुनै पनि चर्चा नभएको बताएका छन् ।

माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै सर्वोच्च पुगेका प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टको पक्षमा उक्त आदेश जारी नहुने आदेश अदालतले जारी गरेको हो ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार यस्तो […]

पूर्व माओवादी र ठाकुरको रिटमाथि आज सुनुवाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो । उक्त रिट निवेदनमाथि यसअघि दुई […]

चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने

पदमुक्त माओवादी सांसदको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश रिटमा कारण–देखाउ आदेश जारी गरेको छ। एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले दुवैलाई पदमुक्त गरेको थियो। सो निर्णयविरुद्ध उनीहरुले पुनर्बहालीको माग गर्दै साउन ७गते सर्वोच्चमा रिट दायर गरेका थिए। आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले कारण–देखाउ आदेश जारी गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।

४ माओवादी नेताको सांसद पद जोगिएला त ?

काठमाडौं।माओवादी केन्द्रले कारबाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिट आज पेसीमा चढेको छ।उनीहरुको पेसी वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुने भएको छ।टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट दर्ता गरेका थिए।उनीहरुले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन्।

न्यायाधीश बमकुमार श्रेष्ठबारे किन भयो विवाद ?

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट बहसमा आएका अधिवक्ता गोविन्द बन्दीले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राख्न नहुने बताए । न्यायाधीश श्रेष्ठले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको भन्दै संवैधानिक इजलासमा बस्ने आधार नभएको तर्क गरे । ‘न्यायाधीश श्रेष्ठले नेकपालाई विभाजन गरेपछि भएको संसद् विघटनमा उहाँ बेन्चमा हुनुहुन्छ, उहाँको निष्पक्षतामाथि हाम्रो प्रश्न छ,’ अधिवक्ता बन्दीले भने । उनको तर्कसँग असहमत जनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशे...