शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट बहसमा आएका अधिवक्ता गोविन्द बन्दीले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राख्न नहुने बताए । न्यायाधीश श्रेष्ठले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको भन्दै संवैधानिक इजलासमा बस्ने आधार नभएको तर्क गरे ।
‘न्यायाधीश श्रेष्ठले नेकपालाई विभाजन गरेपछि भएको संसद् विघटनमा उहाँ बेन्चमा हुनुहुन्छ, उहाँको निष्पक्षतामाथि हाम्रो प्रश्न छ,’ अधिवक्ता बन्दीले भने । उनको तर्कसँग असहमत जनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशे...