धादिङको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४६ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।नगरपालिकाले चालु आर्थिक वर्षको तुलनाम