जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।जनकपुरधाम उपमहानगरले चालुतर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार रुपैयाँ र पुँजीगततर्फ ४०.६ प्रतिशत अर्थात ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।त्यस्तै आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय रुपैयाँ, बाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय रुपैयाँ, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार रुपैयाँ, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ ल