काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । नौ वडा रहेको सो नगरपालिका वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत भएका छन् ।नगरसभाले ६० वर्ष माथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शववाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिक