बीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा दिने चेतावनी

धरान (अस) । विगत एक सातादेखि आन्दोलनमा रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकको आन्दोलन एक साता पुग्दा पनि उपकुलपति काठमाडौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सोमवार सातौं दिन प्रतिष्ठान क्षेत्रमा विरोध ¥याली प्रदर्शनपछि उपकुलपति कार्यालयअघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले दुईओटा कार्यक्रमको घोषणा गरेका छन् । ‘संयुक्त संघर्ष समितिमा छलफल गरेर अल्टिमेटम सहितको कार्यक्रम घोषणा गर्नेछौं, दोस्रो सामूहिक राजीनामा दिँदै छौं ।’ पटकपटक पदाधिकारीलाई खबरदारी गर्दा पनि आफूहरूको मागप्रति कुनै सुनुवाइ नभएपछि कडा आन्दोलन गर्नुपरेको उनको भनाइ छ । उपकुलपतिविना कसैसँग पनि वार्तामा नबस्ने समेत उनले स्पष्ट पारे । उपकुलपतिले भ्रमको खेती गरिरहेको उनको आरोप छ । फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतवार प्रतिष्ठानको नीति विपरीत गएको भन्दै स्पष्टीकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपतिविरुद्ध चिकित्सक तथा विद्यार्थीले सोमवारदेखि धर्ना तथा विरोधसभा गर्दै आएका छन् । चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई प्रतिष्ठानका नर्स, कर्मचारी सबैले साथ दिएका छन् ।  

सम्बन्धित सामग्री

चिकित्सक र कर्मचारीसँग पदाधिकारीले ४ बुँदे सहमति गरेपछि बीपीको आन्दोलन फिर्ता

सामूहिक राजीनामा दिएर एक महिनादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीसँग पदाधिकारीले बेग्लाबेग्लै सहमति गरेपछि सोमबार (आज) देखि नै नियमित उपचार सेवा, पठनपाठन सञ्चालन भएको छ ।

बीपीमा सातादेखि उपचार र पठनपाठन प्रभावित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पदोन्नति माग गर्दै सामूहिक राजीनामा दिएर धर्ना बसेको एक साता नाघिसकेको छ । आन्दोलनरत पक्ष र प्रतिष्ठानबीच उत्पन्न समस्या समाधान गर्न सरकारले चासो नदिँदा सर्वसाधारण बिरामीको स्वास्थ्य उपचार सेवा, चिकित्सा शिक्षा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन तथा परीक्षा प्रभावित भएको छ । प्रतिष्ठान पदाधिकारी, स्वास्थ्य मन्त्रालय र सरकारले चासो नलिँदा अन्योल सिर्जना भएको हो ।

डाक्टर ड्युटीमा नगएपछि बीपी प्रतिष्ठान झन् अस्तव्यस्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री र कुलपति प्रधानमन्त्रीलाई सामूहिक राजीनामा दिएर फर्केका करिब १५० जना चिकित्सक नियमित ड्युटीमा नजाने भएका छन् ।

बीपी प्रतिष्ठानका १४० जना चिकित्सकले दिए सामूहिक राजीनामा

बढुवा रोकिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

बीपीको आन्दोलन लम्बियो

धरान । चारैजना पदाधिकारीको राजीनामा र प्रधानमन्त्री तथा कुलपतिको पहलमा उच्चस्तरीय वार्ता समिति गठन गरिनुपर्ने अडान संयुक्त संघर्ष समितिले कायमै राखेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन लम्बिने भएको छ । आन्दोलनरत पक्ष र पदाधिकारीहरूबीच वार्ताको वातावरण बनाउन आएका स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग वार्ता हुन नसक्दा आन्दोलन थप लम्बिने भएको हो । वार्ता नगराउन आएका प्रतिनिधिहरू वार्ताको प्रयास असफल भएपछि काठमाडौं फर्किएका छन् । प्रतिष्ठानमा वार्ता शुरू गराउन समन्वयकारी भूमिकाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. रोशन पोखरेल र डा. मदन उपाध्याय आएका थिए । दुवैले आन्दोलनकारी र पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । वार्ता गराउन नसके पनि उनीहरूले प्रतिष्ठानको वर्तमान परिस्थितिबारे रिपोर्ट तयार गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा बुझाउने बताएका छन् । सरोकारवाला पक्षहरूसँग पनि प्रतिष्ठानको अवस्था र समाधानबारे राय बुझ्ने प्रतिनिधि डा. पोखरेलले बताए । आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमवार वार्ता गर्न अस्वीकार गरेको थियो । समितिका सहसंयोजक डा. विष्णु पोखरेलले मन्त्रालयबाट आएको टोली कुनै आधिकारिक नभएको स्पष्ट पारे । ‘टोली आधिकारिक होइन, उहाँहरूले कुनै पत्र देखाउनु पनि भएन, त्यसैले यथार्थ बुझ्न मात्रै आउनु भएको हो ।’ समितिले अधिकारसम्पन्न वार्ता टोली वा आयोगसँग मात्र वार्तामा बस्ने अडान मन्त्रालयको टोलीसमक्ष पनि राखेको छ । बीपी प्रतिष्ठानबाट शुरू भएको आन्दोलन देशव्यापी हुँदै गएकाले चारैतिरबाट दबाब सृजना गर्दै सबैको ध्यानाकर्षण गराउनेतर्फ आन्दोलन अग्रसर हुने उनको भनाइ छ । संघर्ष समितिले दिएको ७ दिनको अल्टिमेटम मंगलवार सकिएको छ । उनीहरूले ७ दिनपछि सामूहिक राजीनामा दिएर काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका थिए । तर अहिले देशैभरिकै प्रतिष्ठानको सुधारको माग उठिरहेकाले आ–आफ्नै स्थानमा दबाब सृजना गरिराख्ने उनले बताए । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले पनि पदाधिकारीहरूसँग वार्ता गराउन मन्त्रालयको टोली आएकाले समस्या समाधान हुने छाँट नदेखिएको बताए ।

बीपीका चिकित्सक रिले अनसनमा

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता सुधार गर्न माग गर्दै दुई सातादेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले माग सुनुवाइ नभएपछि सोमवारदेखि रिले अनसन शुरू गरेका छन् । प्रतिष्ठानमा कार्यरत तथा अध्ययनरत चिकित्सक तथा विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै उपकुलपतिको कार्यालयअगाडि धर्ना र विरोधसभा गर्दै आएका छन् । उक्त मागप्रति पदाधिकारी उदासीन भएको भन्दै आन्दोलनको स्वरूप परिवर्तन गरी उनीहरूले रिले अनसन थालेका हुन् । प्रतिष्ठानका प्रमुख पदाधिकारीहरूले आफूहरूको मागप्रति कुनै चासो नदेखाएपछि आन्दोलनलाई फरक ढंगले अघि बढाएको रिले अनसनको नेतृत्व गरेका प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सक डा. विष्णु पोखरेलको बताए । उनीसँगै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपाली सहित एमबीबीएसका विद्यार्थी समेत अनसनमा बसेका छन् । आन्दोलनकै क्रममा आइतवार उनीहरूले प्रतिष्ठानका पदाधिकारीले प्रयोग गरेको सवारीसाधनको चाबी खोसेका थिए । ‘प्रतिष्ठानका पदाधिकारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको गाडी प्रयोग गरेका छैनन्, उनीहरूले सेवा सुविधा लिए पनि प्रतिष्ठानको कुनै मूल्यांकन नभएपछि चाबी खोसेका हौं,’ उनले भने । रिले अनसनले पनि पदाधिकारी सचेत नभए सामूहिक राजीनामा दिइने उनले चेतावनी दिए । रिले अनसन बस्न करिब ५० जनाले सामूहिक प्रतिबद्धता व्यक्त गरिसकेको उनको भनाइ छ । कार्यसम्पादन मूल्यांकनको आधारमा कारबाही गर्नुपर्ने माग गर्दै आफैबाट शुरू गर्न उपकुलपतिलाई आन्दोलनकारीले आग्रह गरेका छन् । कार्यसम्पादन गर्दा असफल हुने डरले उपकुलपति वार्ताबाट भागेको पनि उनीहरूको आरोप छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी दुई सातादेखि काठमाडौंमा छन् । उनलाई तीन दिनभित्र प्रतिष्ठानमा उपस्थित भएर चिकित्सक तथा विद्यार्थीले उठाएको माग सम्बोधन गर्न धरानका राजनीतिक दल र नागरिक दबाब सञ्जालले अल्टिमेटम समेत दिएका छन् । प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउने डा. पोखरेललाई उपकुलपति गिरीले काठमाडौंबाटै स्पष्टीकरण पत्र काटेपछि चिकित्सक, विद्यार्थी, कर्मचारी र स्टाफ नर्सहरू दुई सातादेखि आन्दोलित बनेका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न उपकुलपति डा. गिरीले समिति गठन गरे पनि आन्दोलनरत पक्षले उपकुलपतिको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता अघि बढ्न सकेको छैन ।

प्रदीप मेन्याङ्बो

सामूहिक राजीनामा दिएर एक महिनादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीसँग पदाधिकारीले बेग्लाबेग्लै सहमति गरेपछि सोमबार (आज) देखि नै नियमित उपचार सेवा, पठनपाठन सञ्चालन भएको छ ।