बीपी प्रतिष्ठानको आन्दोलन नयाँ मोडमा : सिंहदरबार घेराउको कार्यक्रम परिमार्जन, माग पूरा नभए सामूहिक राजीनामा

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग लिएर आन्दोलनरत पक्षले आन्दोलनको स्वरुपलाई परिमार्जन गर्दै अभियानको रुपमा लैजाने योजना बनाएको छ ।उपकुलपतिसहितका चार पदाधिकारीको राजीनामालाई न्यूनतम् शर्त बनाएका आन्दोलनकारीहरु सिंहदरवार घेराउको कार्यक्रमबाट भने पछि हटेका छन् ।उपकुलपतिसहितका चार पदाधिकारीसँगको वार्ता वहिष्कार गरी २५ दिनदेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले सात दिनभित्र आफ्ना माग पूरा नभए प्रधानमन्त्री कार्यालय घेराउ गर्ने जनाएका थिए । उक्त समयस