मोरङमा जसको घर तीन पटक बाढीले बगायो

विराटनगर–८ की तिलमाया भण्डारीको घर २०७४ सालमा सिंघीया खोलामा आएको बाढीले बगायो । त्यसको ४ वर्षपछि फेरि २०७८ सालमा पनि सिंघीया खोलाले नै उनको घर बगायो । एक वर्षपछि फेरि उनको घर सोही खोलाको बाढीले बगाएको छ ।आफ्नो श्रम र पसिनाले कमाएको सम्पत्तिले बनाएको घर बाढीले पटकपटक बगाएपछि तिलमाया अहिले पुर्पुरोमा हात लगाइरहेकी छन् । उनलाई अब कसरी अर्को घर बनाउने भन्ने पीडाले सताएको छ । उनले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, बाढीले उनको घर पटकपटक बगाइरहेको छ । ‘अहिले बनाए

सम्बन्धित सामग्री

बाढीले बगायो पाठ्यपुस्तक

सुनसरी (अस) । दशैं बिदापछि इटहरी क्षेत्रका विद्यालय खुल्न थालेका छन् । तर कात्तिक पहिलो साता बेमौसमी वर्षापछि आएको बाढीले पाठ्यपुस्तक बगाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरीका घर डुबानमा पर्दा विद्यार्थीका पाठ्यपुस्तक समेत काम नलाग्ने भएका थिए । बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइदिएपछि आफू अब विद्यालय जाने÷नजाने दोधारमा रहेको कविर माविको कक्षा ६ मा अध्ययनरत छात्र सुसन घिमिरे सुनाउँछन् । ‘अघिल्लो वर्ष विद्यालयले नै पाठ्यपुस्तक दिएको थियो । त्यही पनि बाढीले बगाइदिएपछि यो वर्ष पुनः दिने हो या नदिने केही थाहा छैन,’ उनले भने । कोरोना कहरका कारण लामो समयदेखि बन्द इटहरी उपमहानगरका सामुदायिक तथा निजी विद्यालय गत आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् । तर पाठ्यपुस्तक अभावले धेरैजसो बालबालिका विद्यालय जानबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । बाढीका कारण विद्यार्थीको पाठ्यपुस्तक मात्र होइन, इटहरीका एक दर्जनभन्दा बढी सामुदायिक तथा निजी विद्यालयमा समेत क्षति पुगेको छ । बाढीले इटहरीस्थित केचना माविको पर्खाल भत्काएको छ भने मुख्य चोकमै अवस्थित जनता माविमा अझै पनि पानी जमिरहेको छ । त्यस्तै नमूना कलेज, जनता कलेज, पाथीभरा टेक्निकल कलेज, राष्ट्रिय जनसहयोग कलेज, पूर्वाञ्चल बोर्डिङ लगायत विद्यालयमा बाढीले क्षति पुर्‍याएको इटहरी उपमहानगरपालिका, शिक्षा शाखाले बताएको छ । बाढीबाट निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत करीब ३ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित बनेको शिक्षा शाखाको अनुमान छ । अहिले क्षति विवरण संकलन कार्य भइरहेकाले विद्यार्थीलाई अवस्था हेरेर पाठ्यपुस्तक प्रदान गरिने शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए । विद्यालयको भौतिक संरचनामा पुर्‍याएको क्षतिबारे पुरै विवरण आइनसकेकाले यकीन नभएको उनको भनाइ छ ।

'बाढीले घर बगायो, मनमा थुप्रो पीडा छ, कसरी दसैँ मान्नु ?'

'घर बाढीले बगायो । त्रिपालमा बसेका छौँ । नगरपालिकाले हालसम्म केही पनि दिएको छैन,' उनले भने, 'घर बनाउनका लागि माग्दै हिँडेको छु । भएकी एउटी छोरीलाई त बचाउन पर्‍यो नि'

सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए । बाढी गएको केही समयपछि कलाकर्मीहरुले […]

फेवाताल जोगाउन बनाइएको ड्याम बाढीले बगायो, एक दर्जनभन्दा बढी घर जोखिममा

फेवातालमा ग्रेगर र बालुवा थुप्रिनबाट रोक्नका लागि हर्पनखोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण ड्याम बगाएपछि तल्लो तटीय क्षेत्रका एक दर्जनभन्दा बढी (करीब १५) घर जोखिममा परेका छन् । पोखरा महानगरपालिका वडा २३, डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम गएरातिको वर्षापछि आएको बाढीले बगाएको हो ।  फेवातालमा पानीको लागि मुख्य स्रोत हर्पन हो ।  स्थानीय चेतबहादुर क्षेत्रीका अनुसार ड्याम निर्माणको २ वर्ष पूरा नहुँदै जगदेखि नै बगाएको छ । गत वर्ष पनि सो ड्याम...

इन्द्रावतीमा आएको बाढीले बगायो मेलम्चीको तीन तले घर

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेपछि बढेको इन्द्रावतीले मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो।

बूढीगण्डकीको बाढीले बगायो दुई घर

गोरखा। धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीय राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो। ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले बताए। रासस

हिलेबजारका १५ घर बाढीले बगायो : विस्थापितहरुलाई फलेनी माविमा सारियो

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजारमा रहेका १५ घर बाढीले बगाएको छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ हिलेबजारका १५ घर बगाएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिलेबजारका अन्य घरधुरी पनि बाढीको जोखिममा रहेका छन् । ‘दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । अन्य घरहरु पनि जोखिममा रहेका छन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विस्थापितहरुलाई अहिले फलेनी माविको भवनमा राखिएको छ । केही भ...

ईन्द्रावतीको बाढीले बगायो चन्द्रशम्शेरले १९८४ सालमा बनाएको पुल

नेपाल–तिब्बत आवतजावतका लागि राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बनाएको झोलुङ्गे पुल ईन्द्रावती नदीमा मंगलवार आएको बाढीले बगाएको छ । सिन्धुपाल्चोक स्थायी घर भएका नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले सो पुल बनेपछि मेलम्चीमा बजारको शुरूवात भएको जानकारी दिए । ‘नेपाल–तिब्बत आवतजावत गर्न सहज पार्न चन्द्रशम्सेरले विक्रम संवत् १९८४–८५ सालमा स्कटल्यान्डका प्रविधिकहरूबाट ईन्द्रावतीमा बनाएको ऐतिहासिक झोलुङ्गे पुल पूरै बगाएर मेलम्ची बजारको अस्तित्वमा नै बाढीले आक्रमण गरेको छ । यही पुल बनेपछि सो ब...