लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजारमा रहेका १५ घर बाढीले बगाएको छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ हिलेबजारका १५ घर बगाएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिलेबजारका अन्य घरधुरी पनि बाढीको जोखिममा रहेका छन् । ‘दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । अन्य घरहरु पनि जोखिममा रहेका छन्,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार विस्थापितहरुलाई अहिले फलेनी माविको भवनमा राखिएको छ । केही भ...