एक वर्षदेखि बाढीपीडितको बिचल्ली, तीनै तहका सरकारको ध्यान जस लिने होडबाजीमा मात्र !

मोरङको कानेपोखरी गाउँपालिकाका पाण्डव ऋषिदेवको घर २०७७ असारमा आएको बाढीले बगायो । चिस्याङ खोलामा आएको बाढीले घर बगाएपछि उनको परिवार विस्थापित भयो । ‘बाढीले घर मात्रै होइन, भएका लत्ताकपडा समेत सबै बगाएर लग्यो,’ पाण्डवले भने, ‘शरीरमा लगाएका लुगाबाहेक केही पनि बचेन ।’ पाण्डवको जस्तै कानेपोखरी गाउँपालिकाका १७ परिवारमाथि बाढीको विपत्ति आइलाग्यो । आँखै अगाडि घर बगाएको टुलुटुलु हेरेर बस्नुको विकल्प पीडितसामु थिएन ।  बाढीले विस्थापित बनाएकालाई गाउँपालिकाको कार्यालयले एउटा विद्याल...