पारिश्रमिक नपाएको भन्दै श्रमिक हड्तालमा

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन्  । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका हुन्  । आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका ह...

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानसँग मजदुरहरू रुष्ट, बनाए आन्दोलन परिचालन कमिटी

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले आफूहरूलाई एक वर्षदेखि अलमल्याएको भन्दै सुरक्षा श्रमिक र सफाइ श्रमिकहरू रुष्ट बनेका छन् । वृद्धि गरेको न्यूनतम पारिश्रमिक नपाएको, हेल्थ कार्ड सुविधा कटौती गरेको, पुराना बाँकी रकम नपाएको र जेठ महिनादेखि मासिक तलब समेत रोक्का गरिएपछि मौखिक र लिखित रूपमा पटक पटक ध्यानाकर्षण गराएको भए पनि समस्याको […]

न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्टका श्रमिक आन्दोलित

१५ असार, काठमाडौं । सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले शनिबार प्रदर्शन गरेका छन् । उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही …

चिया उद्योगका श्रमिकको ज्यालाबारे पुनः विवाद, श्रमिक आन्दोलित

झापा- पटक-पटक दोहोरिने चिया बगानका श्रमिकहरूको दैनिक पारिश्रमिक विवाद यसपाली पनि उत्कर्षमा पुगेको छ। चिया वगानमा कार्यरत श्रमिक यतिखेर आन्दोलित बनेका छन्। झापा र इलामका चिया बगानमा कार्यरत करिब ७० हजार श्रमिक उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्। चिया बगानहरूमा अहिले श्रमिकहरू उद्योगीविरुद्ध चर्का नारावाजी गर्दै आएका छन् । शनिबारमात्र नेपाल चिया विकास निगम […]

न्यूनतम पारिश्रमिक नपाएको ट्रेड युनियनकर्मीको गुनासो

सिमकोट – सरकारद्वारा निर्धारण गरिएको न्यूनतम पारिश्रमिक श्रमिकले हालसम्म पाउन नसकेको ट्रेड युनियनकर्मीले गुुनासो गरेका छन्। कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा श्रमिक नेताहरूले सो कुरा उठाएका हुन्। नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष नेत्रविक्रम थापाले सरकारले ऐनद्वारा व्यवस्था गरेको कुरा कार्यान्वयन गर्न नसकेको गुनासो गरेका छन्। उनले न्यूनतम पारिश्रमिक १५ […]

७१ प्रतिशत श्रमिक कोभिडकालमा तलबविहीन

कोभिड–१९ संक्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेषगरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड–१९ संकटका कारण आर्थिक गतिविधि ठप्प हँुदा तलब नपाएका हुन् ।प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । सो अध्ययनले खाडीका श्रम गन्तव्यहरु […]

७१ प्रतिशत श्रमिक कोभिडकालमा तलबविहीन

काठमाडौं । कोभिड १९ संक्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेषगरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड १९ संकटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन् । प्रवासी नेपाली समन्यव समिति (पीएनसीसी ) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो […]

महामारीमा स्वदेश फर्कने २१ प्रतिशत श्रमिकले पारिश्रमिक पाएनन्

कोभिड–१९ संकटका बेला वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली श्रमिक पारिश्रमिक तथा सेवासुविधा नपाएरै नेपाल फर्केको पाइएको छ । संक्रमणका बेला खाडी मुलुक तथा मलेसियाबाट रोजगारी गुमाएर स्वदेश फर्केका धेरैजसो नेपाली युवाले आफूले छोडेको पारिश्रमिक स्वदेश फर्केको लामो समयपछि पनि नपाएको एक अध्ययनले देखाएको छ ।कतार, साउदी अरब, यूएई, ओमान, बहराइन, कुवेत र मलेसियाबाट फर्केका नेपालीले […]

कम्पनीले ४ महिनादेखि पारिश्रमिक नदिएपछि कतारमा ४ हजार भन्दाबढी श्रमिक आन्दोलित

काठमाडौँ- कतारमा आफुहरुले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाली लगायत अन्य देशका गरी ४ हजार भन्दाबढी श्रमिकहरु आन्दोलित भएका छन् । कतारको विश्व कपसँग सम्बन्धित परियोजनाहरू कभर गर्ने प्रख्यात एक बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफुहरुलाई विगत चार महिनादेखि बिना पारिश्रमिक काम लगाएको भन्दै उनीहरुले सोमबार चार हजार भन्दाबढी श्रमिकहरुले सडकमा […]

पारिश्रमिक नदिएपछि कतारमा चार हजार श्रमिक आन्दोलित

काठमाडौँ – कतारमा आफूहरुले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपालीसहित अन्य देशका गरेर चार हजार भन्दाबढी श्रमिक आन्दोलित भएका हुन्। कतारको विश्व कपसँग सम्बन्धित परियोजना कभर गर्ने प्रख्यात एक बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफूलाई विगत चार महिनादेखि बिना पारिश्रमिक काम लगाएको भन्दै उनीहरुले सोमबार चार हजार भन्दाबढी श्रमिकले सडकमा कम्पनीविरुद्ध […]

विराटनगरस्थित मोटरपम्प उद्योगका मजदूरको आन्दोलनमा प्रहरीद्वारा बल प्रयोग

मोरङ– श्रम ऐनअनुसार पारिश्रमिक नपाएको गुनासोसँगै विराटनगर महानगरपालिकास्थित पानी तान्ने मोटरपम्प उद्योगका श्रमिक आन्दोलित भएका छन्। महागनरपालिका–१९ स्थित तुलसी मोटरपम्पमा कार्यरत श्रमिकले श्रम ऐनले तोकेको पारिश्रमिकसमेत उपलब्ध नगराएको जनाउँदै कार्यरत २४ जना श्रमिक आन्दोलनमा उत्रिएका हुन्। पाँच दिनबाट आन्दोलनमा उत्रिएका श्रमिकमाथि बुधबार प्रहरीले बल प्रयोग गरेको छ। आन्दोलित श्रमिकले दुई महिनादेखि कार्यबाट समेत सञ्चालकले कामबाट […]