चिया उद्योगका श्रमिकको ज्यालाबारे पुनः विवाद, श्रमिक आन्दोलित

झापा- पटक-पटक दोहोरिने चिया बगानका श्रमिकहरूको दैनिक पारिश्रमिक विवाद यसपाली पनि उत्कर्षमा पुगेको छ। चिया वगानमा कार्यरत श्रमिक यतिखेर आन्दोलित बनेका छन्। झापा र इलामका चिया बगानमा कार्यरत करिब ७० हजार श्रमिक उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्। चिया बगानहरूमा अहिले श्रमिकहरू उद्योगीविरुद्ध चर्का नारावाजी गर्दै आएका छन् । शनिबारमात्र नेपाल चिया विकास निगम […]