हिमालयन बैंकले १५ भदौदेखि २५ लाख युनिट (इकाइ) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् । ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन