कुमारी बैंकले ऋणपत्र निष्कासन गर्दै

कुमारी बैंकले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागिएको छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्र

सम्बन्धित सामग्री

मङ्सिर २९ गतेदेखि ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले मङ्सिर २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । छिटोमा पुस ३ गतेसम्म विक्री अवधि तय गरिएको यो ऋणपत्र खरीदका लागि तोकिएको अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस १३ गतेसम्म विक्री लम्बिनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले समयमै वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

कात्तिक २ देखि ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक, ब्याजदर कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।  बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म विक्री लम्बिनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ । ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृति, ब्याजदर कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । बैंकले ५० लाख कित्ता ऋणपत्र निष्कासन असोज ८ गते सेबोनबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड छ । बैंकले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने ३० लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा आगामी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको हो ।  विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८७ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कुमारी बैंकले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा केबिएलएम डिबेञ्चर २०९० नामक ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कुमारी बैंकले गर्‍यो ३ अर्बको ऋणपत्र निष्कासन

कुमारी बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ११ प्रतिशत ब्याजदर पाइने

कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी

११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

कुमारी बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र १७ भदौबाट निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ […]

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

जेठ १८, काठमाडौं । कुमारी बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा केविएल डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्नका लागि क्यपिटलसँग सम्झौता गरेको हो । सो सम्झौतामा बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् । कम्पनीले अव आश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।