लुम्बिनी विकास बैंकले यही जेठ १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ’११% एलबिबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात […]
१५ साउन, भदौ । हिमालयन बैंकले १५ भदौ बुधबारबाट ऋणपत्र निष्कासन बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । सात वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत रहेको छ । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल […]
१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा […]
महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले दस वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरका कुल एक अर्ब रुपैयाँ बराबरको दश लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको […]
साउन २८, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा दुई ओटा कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।
एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २० गते निवेदन बोर्डमा दिएको हो ।
कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २४ गते बोर्डमा निवेदन दिएको हो । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।
बैंकले ४ प्रतिशत ब्याजदरमा आगामी १५ वर्ष सम्मको लागि इनर्जी बोण्ड निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
काठमाडौं (अस) । सिभिल बैंकले सार्वजनिक निष्कासन गर्न लागेको १ हजार अंकित दरको ३० लाख कित्ता ९ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ को प्रत्याभूतिकर्ता नागरिक लगानी कोष र प्रभु क्यापिटललगायतले गर्ने भएका छन् ।
सिभिल बैंक एवं नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सिभिल बैंकले निष्कासन गर्ने सो ऋणपत्र सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भएबमोजिम बिक्री हुन नसके बाँकी रहेको ऋणपत्र खरिद गर्ने दायित्व चार वटै प्रत्याभूतिकर्ताले लिनेछन् ।
नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड, ग्लोबल आइएमई क्यापिटलले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बराबरको ऋणपत्र प्रत्याभूत गर्ने सम्झौता गरेका हुन् ।
काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएसँगै बैंकले ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ […]
काठमाडौं, १० असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले ६ वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएकोे ऋणपत्र निष्कासन तथा व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविविलाई नियुक्त गरेको हो । बैंकको अनुसार अबदेखि ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, […]
काठमाडौं। सांग्रिला विकास बैंकले आजदेखि सर्वसाधारणका लागि ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजदेखि प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने ३० करोड रुपैयाँको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि तीन लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। यो ऋणपत्र २०८७ सम्मका लागि निष्कासन भएको हो।
बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एक हजार रूपैयाँ अंकित दरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ।...