कुमारी बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
विक्री अवधि छिटोमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । बैंकले ५० लाख कित्ता ऋणपत्र निष्कासन असोज ८ गते सेबोनबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड छ ।
बैंकले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने ३० लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा आगामी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८७ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा केबिएलएम डिबेञ्चर २०९० नामक ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी
कुमारी बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र १७ भदौबाट निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ […]
कुमारी बैंकले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागिएको छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्र
कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागि सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ ।बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँको दरले ३० लाख कित्ता गरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको हो । […]
जेठ १८, काठमाडौं । कुमारी बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा केविएल डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्नका लागि क्यपिटलसँग सम्झौता गरेको हो ।
सो सम्झौतामा बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् । कम्पनीले अव आश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।