गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जित मात्र हासिल गरेन अरू पार्टीको जमानत नै जफत हुने नतिजा ल्यायो । राजनीतिक हिसाबले विगत लामो समयदेखि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ र नेपाल मजदुर किसान पार्टी एक अर्काका पर्यायवाची जस्तै बन्दै आएको छ । नेमकिपाको यही बलियो पकड भएका कारण आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट आउने सिटको नतिजामा भक्तपुर १ लाई सत्तारुढ गठबन्धन दलले आफ्नो हिसाबमा राख्न सकेको छैन । विभिन्न निर्वाचन क्षेत्रका ल