२५ करोडको लागतमा रिसोर्ट सञ्चालन

पर्वतमा करिब २५ करोडको लगानीमा रिसोर्ट सञ्चालन भएको छ ।तीन दशक जापान बसेर फर्किएका एक व्यवसायीले व्यक्तिगत लगानीमा रिसोर्ट सञ्चालन गरेका हुन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरा–बागलुङ सडक नजिकै मोदीखोलाको किनारमा लालटिन रिसोर्ट सञ्चालन गरिएको छ ।छिमेकी जिल्ला बागलुङ बजारका स्थायी बासिन्दा प्रवेशकुमार राजभण्डारीले यहि सातादेखि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मध्यपहाडी लोकमार्ग हुँदै […]

सम्बन्धित सामग्री

यती ग्रुपको गोकर्ण फरेस्ट रिसोर्टको ५ वर्षको सञ्चालन नाफा १ अर्बभन्दा बढी

काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्ट प्राइभेट लिमिटेडले ५ वर्षमा नै १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२३ (आर्थिक वर्ष २०७९/८०) ६ महीनामा नै २० करोड २० लाख रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  कम्पनीले अहिले सानादेखि ठूला स्तरका कार्यक्रमहरू गर्न मल्टिपल हलहरू भएको ८० करोड रुपैयाँ अनुमानित लागतमा अन्तरराष्ट्रिय स्तरको कन्फ्रेन्स सेन्टर निर्माण गरिरहेको छ । रिसोर्टको उक्त हल सन् २०२४ को अप्रिलदेखि सञ्चालन ल्याउने लक्ष्य छ । ईक्राका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२० मा २६ करोड २० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ र वित्तीय वर्ष सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीले कुल व्यापारको ३० प्रतिशत हिस्सा बैंक्वेटको व्यापारबाट आर्जन गरेको छ ।  गोकर्ण फरेस्ट रिसोर्टमा यती/थामसेर्कु ग्रुपको लगानी छ । सन् १९९५ मा स्थापना भएको यस रिसोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९ किलोमिटरको दुरीमा छ । रिसोर्टमा १०० कोठा क्षमता रहेको छ। कम्पनीको ६६ करोड ५१ लाख रुपैयाँको दीर्घकालीन कर्जा र ६ करोड ९७ लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।

मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने जनाएको हो । २०५५...

गोरखाको च्याङ्लीमा आँपको बगैंचाभित्र रिर्सोट सञ्चालन

गोरखाको पालुङटार नगरपालिका ७ मा आँपको बैंचाभित्र रिसोर्ट सञ्चालन गरिएको छ । स्थानीय चार युवाको लगानीमा १ वैशाखबाट च्याङ्ली म्यांगो गार्डेन रिसोर्र्ट सञ्चालन गरिएको हो ।पालुङटार नगरपालिकाका गाईफार्म सञ्चालक राजिवराज पन्त, फार्मेसी व्यवसायी प्रकाश खनाल, हार्डवयर व्यवसायी रमेशप्रसाद कँडेल र इन्जिनियर निशान पाठकको संयुक्त लगानीमा करीब साढे ४ करोड रुपैयाँको लागतमा रिसोर्र्ट सञ्चालनमा आएको हो […]

शुरू हुन सकेन केबुलकार निर्माण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित पर्यटकीयस्थल छिल्लीकोटमा केबुलकार निर्माण अझै शुरू हुन सकेको छैन । सर्वेक्षण गरिएको एक वर्षभन्दा बढी हुँदा समेत केबुलकार निर्माण काम शुरू गर्ने टुंगो लाग्न सकेको छैन ।      केबुलकार र जिपलाइन निर्माण भएपछि छिल्लीकोटको विकासले फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ । छिल्लीकोटमा रहेको बुद्ध ढुंगा नजिकबाट एक हजार ४०० मिटरको दूरीमा केबुलकार सञ्चालन गर्नेगरी सर्वेक्षण गरिएको थियो । त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ । केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिए पनि निर्माण अझै शुरू भएको छैन । केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । करीब एक अर्ब ४० करोड लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारण काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । छिल्लीकोटमा साहसिक यात्राको रूपमा रहेको जिपलाइनको निर्माण भने शुरू भएको छ । छिल्लीकोट रिसोर्ट एन्ड थ्री स्टार कम्पनीले जिपलाइन निर्माण गरिरहेको छ । एक करोड १० लाख लागतमा उक्त जिपलाइन निर्माण गर्न लागिएको स्थानीयवासी प्रवीर पुनले बताए । उनका अनुसार वन मन्त्रालयबाट स्वीकृति लिएर त्यहाँ जिपलाइन निर्माण शुरू गरिएको हो । एक हजार २०० मिटर लामो जिपलाइन निर्माण तीन महिनामा सक्नेगरी काम अघि बढाइएको स्थानीयवासी पुनले जानकारी दिए । जिपलाइन निर्माण शुरू भएपछि यहाँका बासिन्दा उत्साहित भएका छन् । रासस

त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिँदै

चितवन । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन बिच रिसोर्ट, बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रू. २ करोड लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन बिच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए । हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि निर्माण शुरू गरिएकोमा निषेधाज्ञाले ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताए । उनका अनुसार ४८० मिटर लामो उक्त जिपलाइन निर्माण सम्पन्न भएपछि चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरे । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । चितवनको इच्छाकामना–३ का स्थानीयवासी प्रमोद पोखरेलले जिपलाइन सञ्चालनपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाकामा विशेषगरी आन्तरिक पर्यटकको आवागमनमा वृद्धि हुने बताए । यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन बिच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको छ । रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्टलगायत सुविधा दिँदै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकको आवागमनमा वृद्धि हुने प्रबन्ध निर्देशक अधिकारीले बताए । रासस

दुई करोडको लागतमा त्रिशूली नदीमा जिपलाइन

मुग्लिन । पर्यटन प्रर्वद्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई करोडको लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले […]

विदेशबाट फर्किएर आफ्नै माटोमा अवसर खोज्दै युवा, करोडौंको लागतमा ‘एग्रो रिसोर्ट’

युवा उमेरमा वैदेशिक रोजगारीमा जाने मोह चल्यो। गाउँमा ऋण धन गरेर वैदेशिक रोजगारीका लागि जापान गए। जापानमा कमाई राम्रै थियो। परिवारसहित उतै व्यवसाय गरेर ११ वर्ष बिताएका खड्क केसी अहिले...

साला–भेनाको ‘एग्रो टुरिज्म’ सपना

बागलुङ । कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत् बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षीय टोपबहादुर खत्री र गलकोट–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गरेका हुन् ।      खत्रीले १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आएका थिए भने थापा १९ वर्ष भारतीय सेनाका अवकाशप्राप्त सैनिक हुन् । कोरोना महामारीमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेला व्यावसायिक फार्मको सोच आएको खत्री बताउँछन् । बन्द, हडताल, निषेधाज्ञामा असर नगर्ने भएकाले कृषि पेसा अँगाल्ने योजना बनाइएको उनको भनाइ छ ।      १८ अठार वर्षको फोटोग्राफर व्यवसाय त्यागेर उनले हरिचौरको केही आप्mनै र केही रोपनी भाडाको जग्गामा बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् । भारतीय जलसेनामा हवल्दार पदमा अवकाशप्राप्त थापाले सामान्य किराना पसल सञ्चालन गर्दै आएका थिए । खत्री र थापा नाताले साला–भिनाजु हुन् ।      गत माघदेखि संयुक्त लगानीमा उनीहरूले २४ रोपनी जग्गामा १ करोड रुपैयाँभन्दा बढीको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएसँगै उत्साहित पनि छन् । गलकोट–६ को मजुवा फाँटमा फैलिएको दरमखोला एग्रिकल्चर एन्ड लाइभस्टक फार्ममा पाँच तरकारी टनेल, हाँस ४००, बट्टाई ५००, लोकल कुखुरा ३००, माछा पाँच हजार र बंगुुर १०७ छन् । तरकारी र बट्टाईका अण्डाले आम्दानी हुन थालेको कृषि फार्मले अन्य उत्पादन बढाउँदै लैजाने उद्देश्य राखेको छ ।       दुवै जनाले गत माघदेखि दरमखोला एग्रिकल्चर एन्ड लाइभस्टक फार्म सञ्चालनमा ल्याएका छन् । अहिले कृषि फार्मलाई एग्रो टुरिज्मको हब बनाउने गरी पसल छाडेर साथ दिएको फार्मका सञ्चालक थापा बताउँछन् । ‘१८ वर्ष गलकोटमा फोटोग्राफी व्यवसाय गर्दै आएको थिएँ । अलि बृहत् कृषि फार्म सञ्चालन गर्ने योजना पलायो’, सञ्चालक खत्रीले भने, ‘कृषि पेसा नै दीर्घकालीन होला भन्ने लाग्यो । कृषि रिसोर्टसहित कृषि पर्यटनसँग जोड्ने लक्ष्यसहित भिनाजुसँग मिलेर फार्म सञ्चालन गरेका हौं । हाम्रो योजनाअनुसार फार्मलाई अझै ७५ प्रतिशत विकास र विस्तार गर्ने लक्ष्य छ । अहिले विस्तार र परीक्षणका क्रममा छौं भने केही कृषि तथा पशु उत्पादनलाई बजारीकरणसमेत सुरु गरिसकेका छौं ।’      उनका अनुसार उक्त फार्मभित्रै एग्रो रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ । फार्ममै २० जनाभन्दा बढीलाई रोजगारी दिने उद्देश्य छ । अहिले आठ रोपनी आप्mनै जग्गा र अन्य जग्गा १५ वर्षलाई वार्षिक १ लाख ५० हजार रुपैयाँमा भाडामा जग्गा लिएर फार्म सञ्चालनमा ल्याइएको उनले बताए । अहिले फार्ममा तीन जनालाई रोजगारी दिइएको छ ।      भारतीय सेनाबाट अवकाशपछि सानो पसल सञ्चालन गर्दै आएकामा अहिले सालाको योजनामा कृषि फार्ममा लगानी गरेको अर्का सञ्चालक थापाले सुनाए । रासस