साला–भेनाको ‘एग्रो टुरिज्म’ सपना

बागलुङ । कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत् बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षीय टोपबहादुर खत्री र गलकोट–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गरेका हुन् ।      खत्रीले १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आएका थिए भने थापा १९ वर्ष भारतीय सेनाका अवकाशप्राप्त सैनिक हुन् । कोरोना महामारीमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेला व्यावसायिक फार्मको सोच आएको खत्री बताउँछन् । बन्द, हडताल, निषेधाज्ञामा असर नगर्ने भएकाले कृषि पेसा अँगाल्ने योजना बनाइएको उनको भनाइ छ ।      १८ अठार वर्षको फोटोग्राफर व्यवसाय त्यागेर उनले हरिचौरको केही आप्mनै र केही रोपनी भाडाको जग्गामा बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् । भारतीय जलसेनामा हवल्दार पदमा अवकाशप्राप्त थापाले सामान्य किराना पसल सञ्चालन गर्दै आएका थिए । खत्री र थापा नाताले साला–भिनाजु हुन् ।      गत माघदेखि संयुक्त लगानीमा उनीहरूले २४ रोपनी जग्गामा १ करोड रुपैयाँभन्दा बढीको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएसँगै उत्साहित पनि छन् । गलकोट–६ को मजुवा फाँटमा फैलिएको दरमखोला एग्रिकल्चर एन्ड लाइभस्टक फार्ममा पाँच तरकारी टनेल, हाँस ४००, बट्टाई ५००, लोकल कुखुरा ३००, माछा पाँच हजार र बंगुुर १०७ छन् । तरकारी र बट्टाईका अण्डाले आम्दानी हुन थालेको कृषि फार्मले अन्य उत्पादन बढाउँदै लैजाने उद्देश्य राखेको छ ।       दुवै जनाले गत माघदेखि दरमखोला एग्रिकल्चर एन्ड लाइभस्टक फार्म सञ्चालनमा ल्याएका छन् । अहिले कृषि फार्मलाई एग्रो टुरिज्मको हब बनाउने गरी पसल छाडेर साथ दिएको फार्मका सञ्चालक थापा बताउँछन् । ‘१८ वर्ष गलकोटमा फोटोग्राफी व्यवसाय गर्दै आएको थिएँ । अलि बृहत् कृषि फार्म सञ्चालन गर्ने योजना पलायो’, सञ्चालक खत्रीले भने, ‘कृषि पेसा नै दीर्घकालीन होला भन्ने लाग्यो । कृषि रिसोर्टसहित कृषि पर्यटनसँग जोड्ने लक्ष्यसहित भिनाजुसँग मिलेर फार्म सञ्चालन गरेका हौं । हाम्रो योजनाअनुसार फार्मलाई अझै ७५ प्रतिशत विकास र विस्तार गर्ने लक्ष्य छ । अहिले विस्तार र परीक्षणका क्रममा छौं भने केही कृषि तथा पशु उत्पादनलाई बजारीकरणसमेत सुरु गरिसकेका छौं ।’      उनका अनुसार उक्त फार्मभित्रै एग्रो रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ । फार्ममै २० जनाभन्दा बढीलाई रोजगारी दिने उद्देश्य छ । अहिले आठ रोपनी आप्mनै जग्गा र अन्य जग्गा १५ वर्षलाई वार्षिक १ लाख ५० हजार रुपैयाँमा भाडामा जग्गा लिएर फार्म सञ्चालनमा ल्याइएको उनले बताए । अहिले फार्ममा तीन जनालाई रोजगारी दिइएको छ ।      भारतीय सेनाबाट अवकाशपछि सानो पसल सञ्चालन गर्दै आएकामा अहिले सालाको योजनामा कृषि फार्ममा लगानी गरेको अर्का सञ्चालक थापाले सुनाए । रासस 

सम्बन्धित सामग्री

सपना के हो र किन देखिन्छ ?

हामी राति होस् या दिउँसो, निदाएको समयमा सपना देख्ने गर्छौँ। केही त्यस्ता सपना हुन्छन् जसले हाम्रो मनलाई आनन्द दिन्छ भने केही सपनाले डर उत्पन्न गर्छ । कथा, दृश्य र तस्वीर, जुन हाम्रो मस्तिष्कमा हामी निदाएको बेला उत्पन्न हुन्छ, त्यसलाई हामी सपना भन्छौँ । सपना रमाइलो, डरलाग्दो, रोचक र अनौठो हुनसक्छ । वैज्ञानिकहरूले सपनाका बारेमा केही […]

किन देखिन्छ डरलाग्दो सपना ?

सपना एक सामान्य घटना हो । प्रायः हरेक मानिसले सपना देख्छन् । कहिले सुन्दर, मिठो र आन्नददायक सपना देख्छन् त कहिले अप्रिय र डरलाग्दो सपना देख्छन् । यदि, राति मिठो सपना देखियो भने बिहान आनन्दको अनुभव हुन्छ । मन प्रफुल्ल हुन्छ । दिनभरि नै त्यस सपनाले मनमा उमंग दिन्छ । सपना मानिसका लागि ऊर्जा बन्छ […] The post किन देखिन्छ डरलाग्दो सपना ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सपना सच्चा कि झूटा ?

आजसम्म पनि रहस्यवादमै रहेको विषय हो, स्वप्न । स्वप्न अर्थात सपना । सपना एउटा अमूर्त विषय हो, यद्यपि यो प्रत्येक व्यक्तिको जिवनसँग जोडिएको हुन्छ । सपना देख्नु सामान्य कुरा होइन । मानव मनका मर्मज्ञहरु भन्छन् – सपना तपाईको व्यक्तित्वको अव्यक्त परिचय हो । तपाईको भूत र भविष्यबारे वर्तमानको अभिव्यक्ति हो । तपाईको अन्तर्मनका सुषुप्त वृत्तिहरुको […]

नराम्रो सपना देख्नुहुन्छ?

सपनाको त्राशले मनमा अशान्ति पैदा गर्छ भने राम्रो सपना देख्दा मन पनि खुशी हुन्छ। त्यसैले सपना सुल्टो वा उल्टो जे पनि हुन सक्छ, सपना नराम्रो देख्दा कुनै खतरा हुँदैन।

राति यस्ता सपना आयो ? जान्नुहोस् कारण

राति सुतेपछि हरकोहीलाई सपना आउँछ । कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् । तर देख्न चाहिँ सबैले सपना देख्छन् नै । मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।  किन आउँछ सेक्सी सपना ? केही मान्छे सेक्सका बारेमा हरदम सोचिरहेका हुन्छन् । सेक्स गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् । युवाहरूलाई सेक्सको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । सेक्सको ...

राति यस्ता सपना आयो ? जान्नुहोस् कारण

राति सुतेपछि हरकोहीलाई सपना आउँछ । कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् । तर देख्न चाहिँ सबैले सपना देख्छन् नै । मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।  किन आउँछ सेक्सी सपना ? केही मान्छे सेक्सका बारेमा हरदम सोचिरहेका हुन्छन् । सेक्स गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् । युवाहरूलाई सेक्सको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । सेक्सको ...

यस कारण देखिन्छ यौन–सपना

हरेक मानिसले निदाएपछि सपना देख्ने गर्दछन् । सपना देख्नु सामान्य प्रकिया हो । हरेक मानिसले हरेक दिन फरक–फरक सपना प्रकृतिको सपना देख्ने गर्दछन् ।हरेक मानिसले निदाएपछि सपना देख्ने गर्दछन् । सपना देख्नु सामान्य प्रकिया हो । हरेक मानिसले हरेक दिन फरक–फरक सपना प्रकृतिको सपना देख्ने गर्दछन् ।

सपना !

म ठुलो सपना देख्छु म चौतर्फी सपना देख्छु म सपना सपनाकै रूपमा देख्छु किनकि केही सपना सपनाकै लागि हुँदा रहेछन् त्यसैले होला मेरा सपना बिपनामा कहिल्यै फेरिएनन् र पो म ठुलो सपना देख्छु त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।। मेरा सपनामा म, मेरी हजुरआमाको बहादुर पौरख देख्छु मेरी आमाले लगाइदिएको उड्ने प्वाँख देख्छु मेरा बुबाले […]

बाँडेका सपना

भोकहरूले कहाँ सपना देख्छन् र दुखाइहरूसँग कहाँ सपना हुन्छ र सपना त तिनैले देख्छन् जो आनन्दले सुत्न पाउँछन्

नराम्रो सपना देखे के गर्ने ?

नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ । राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहिलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिषशास्त्रमा उल्लेख छ । नराम्रो सपना देखेमा सूर्यको स्तुति गर्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख छ । यस्तो स्तुतिले नराम्रो सपनाको प्रभावबाट बच्न सकिने बताइन्छ । त्यसैले ब