काठमाडौँ- सरकारले 'सार्स टु' को एमआरएन खोप र हैजा खोपको क्लिनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त दुई वटा खोपको क्लिनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जाकारी दिए ।