सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि बजेटमा नवौं र दशौं खेलकुदलाई मुख्य प्राथामिकतामा राख्दै बजेट विनियोजन गरेको जानकारी दिए । सरकारले खेलकुद पूर्वाधार निर्माणका लागि ८७ करोड विनियोजन गरेको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै एसियाली र ओलम्पिकमा पदक जित्ने खेलाडीहरुलाई आजीवन मासिक जीवन