नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले रिले अनसन स्थगित भएको छ । डडेल्धुरामा पुन अधिवेशनको माग राखी मंसिर १ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनसन मल्ल समूहले मंगलबार स्थगित गरेको हो । सोमबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको निर्वाचनलाई मान्यता दिएपछि आज काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा मल्ल पक्षले अनसन स्थगित गरेको छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै मल्ल समूहले डडेल्धुरामा काँग्रेसका सबै अधिवेशन ब