माघ ६, काठमाडौं । चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
तीन ओटा लघुवित्त कम्पनी र एउटा वाणिज्य बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
गुराँस लघुवित्त वित्तीय संस्थाको १ लाख ४१ हजार कित्ता बोनस शेयर, साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार ४५१ कित्ता, आशा लघुवित्त वित्तीय संस्थाको ६ लाख ६७ हजार ८२८ कित्ता र माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी माछापुच्छ्रे बैंकले कात्तिक २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३ प्रतिशत बोनस शेयर, आशा लघुवित्तले कात्तिक २७ गते सम्पन्न साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र गुँरास लघुवित्त वित्तीय संस्थाले कात्तिक २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।