तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । होटल्सको ७ लाख ५४ हजार ६६१ दशमलव ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   होटल्सले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ ।