तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर वितरण

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । चैत १४ गते बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो । पुस ११ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीहरूको हकमा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ । यदि कर्जा राफसाफ भई सकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । यस वर्ष कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । कर समेत ११ प्रतिशत नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखिनै वितरण गरेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस