एजेन्सी । बार्सिलोनाका पूर्व प्रमुख जोसेप मारिया बार्टोमेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।’ न्यायाधीशले प्रशासन र व्