निर्माण सुरु गरेको १५ वर्षपछि गुल्मीको रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरको थालेमालेस्थित रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री तथा हाल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले भने, ‘यही वैशाखभित्र परीक्षण उडान हुने गरी काम भइरहेको छ ।’ यसअघि २०७५ साल जेठ २५ गते तारा एयरको विमानले विमानस्थलमा उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरू फरक