सफल परीक्षणपछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरद्धारा साप्ताहिक उडानको तयारी

गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो । रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिनुभयो । उहाँका […]