लुम्बिनी । असार २३ गते बिहीबार बिहान घोराहीमा कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार, न्यायिक समिति तथा सरोकार वालाबीच छलफल’ कार्यक्रम राखियो । ब्यानरमा राजनीतिक दललगायतको सहभागिता हुने कार्यक्रम भनिए पनि प्रमुख राजनीतिक दलका प्रतिनिधिको सहभागिता थिएन । घोराही उपमहानगरपालिका कानुनी मामिला शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागीले कार्यक्रम महत्त्वपूर्ण विषयमा भएपनि सरोकारवाला निकायको न्यून […]