चुनाव नजिकिँदै गर्दा पालिकालाई बजेट सक्न हतारो : जनप्रतिनिधिमाथि नै शंका

सर्लाही – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सर्लाहीका धेरै पालिकालाई बजेट सक्न हतारो देखिएको छ । निर्वाचित जनप्रतिनिधि नै अब चुनाव केन्द्रित हुनुपर्ने र निर्वाचन आचारसंहिता पनि लागू हुने भएकाले त्यस अगाडि नै विकासका लागि छुट्टयाइएको बजेट सक्न जनप्रतिनिधि र कर्मचारी लागि परेका छन् । आर्थिक वर्ष २०७८/८९ का लागि नगरसभाबाट छनौट भएका धेरै योजना कार्यकर्ता रिझाउने र आर्थिक लाभ हुने खालका भएकाले चुनाव अघि नै सक्नुपर्ने दबाब समेत बढेको छ । चुनाव अघि नै योजनाको काम सकेमा कार्यकर्ता तथा स्थानीयबासिन्दा खुसी हुने र भ...