धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे