बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिनुभयो । कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताउनुभयो  ।  अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक ला...

सम्बन्धित सामग्री

अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव नहुने बताएका छन्। बुधवार मुख्यमन्त्री राउतले अक्सिजन प्लान्टको उद्घाटन गर्दै उक्त धारणा राखेका हुन्। जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापित अक्सिजन ग्याँस प्लान्टको औपचारिक सुरुवात समारोहमा उनले भने,'कोरोना माहामारीसँग जुध्न अक्सिजन प्लान्टको महत्वपूर्ण भूमिका छ। अब…

पहिलो पोस्ट

भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि ११ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना महामारी फैलिएर भयावह स्थिति निम्तिएको भारतमा यतिखेर संक्रमित बचाउन अत्यावश्यक औषधि र अक्सिजन अभाव भइरहेको छ। तिरुपतिस्थित रूइया अस्पतालमा गएराति अक्सिजन सकिएको थियो। अस्पतालभित्र अक्सिजनको सहायतामा उपचार लिइरहेका संक्रमितहरूको ज्यान गएको हो। ती सबै संक्रमित अस्पतालको आइसीयू वार्डमा थिए।अस्पतालका सुपरिटेन्डेन्ट डा.भारतीले अक्सिजन सकिँदै गएपछि भेन्टिलेटरमा राखिएका संक्रमितको ज्यान गएको जानक

थाहा खबर

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

Dekhapadhi

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

Dekhapadhi

बन्द भएको ६ वर्षपछि सञ्चालनमा आयो अक्सिजन उद्योग (हेर्नुस् फोटोहरू)

दाङ : घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेका दाङमा अक्सिजन उद्योग बन्द भएको ६ वर्षपछि सञ्चालनमा आएको छ।  जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुँदै आइरहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि केही राहत हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका प्रहरीको समन्वयमा अक्सिजन उद्योग सुरु भएको हो।  ६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत् अभावका कारण पटक– पटक बन्द हुँदै आएको थियो। यसपटक भने राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान गरी उद

थाहा खबर

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन ...

नागरिक दैनिक

कर्नाटकको अस्पतालमा अक्सिजन अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गयाे

काठमाण्डाै – भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । चामाराजानगर इन्टिच्युट अफ मेडिकल साइन्समा अक्सिजन अभाव हुँदा १२ जनाको ज्यान गएको समाचार संस्था एएनआईले जनाएको छ । अस्पतालमा अरू ११ जनाको पनि आइतवार (हिजाे) राति ज्यान गएको र यसको कारण अक्सिजनको कमी थियो या अरू नै हो भन्ने विषयमा अनुसन्धान भइरहेको खबरमा उल्लेख छ । इन्टिच्युटका महाप्रबन्धक सञ्जीवका अनुसार आइतवार राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजन सकिएको थियो । आफूहरूले बिरामील...

उज्यालो अनलाइन

भारतको कर्नाटकमा अक्सिजनको अभाव हुँदा १२ जनाको मृत्यु

२० वैशाख, काठमाडौं । भारतको कर्नाटकको चामाराजानगरस्थित एक अस्पतालमा अक्सिजनको अभावको कारण कम्तीमा १२ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ । चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले ठूलो प्रयासका बाबजुद बिरामीको अक्सिजन लेभल …

अनलाइनखबर

दाङ : अक्सिजन अभावबारे प्रमुख जिल्ला अधिकारीसहितकाे बैठक सुरु

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभावलाई लिएर आपूर्तिका लागि अहिले प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसिरहेको छ । कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा आइतवार बिहान एक जनाको ज्यान गएको थियो । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि अक्सिजन आपूर्तिबारे आकस्मिक बैठक सुरु भएको हो । कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा धेरैको ज्यान जोखिममा परेको छ । ...

उज्यालो अनलाइन

दिल्लीको एक अस्पतालमा अक्सिजन अभाव हुँदा ८ जनाको ज्यान गयो

काठमाण्डाै  - भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोनाका बिरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा अस्पतालका ग्यास्ट्राेलोजी विभागका अध्यक्षसमेत रहेको बीबीसीले जनाएको छ । अस्पतालले बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो । कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दु:ख व्यक्त गर्...

उज्यालो अनलाइन