दाङ – दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ । शनिवारमात्रै अस्पतालमा शय्या (बेड) थपिए पनि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । अहिले कोरोना विशेष अस्पतालमा एक सिलिन्डर पनि अक्सिजन नभएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
अक्सिजन सकिएको र आफूले सम्बन्धित निकायमा शनिवार (हिजो) नै जानकारी गराए पनि अहिलेसम्म आपूर्ति नभएको वलीले बताउनुभयो । काेरोना अस्पताल बेलझुण्डीमा अक्सिजन छैन, स्थिति सङ्कटपूर्ण भइ सक्यो व्यवस्थापक वलीले भन्नुभयो अक्सिजन खोजौँ, बेलझुण्डी पुर्याऔँ, बिरामीकाे जीव...