सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

सम्बन्धित सामग्री

दैलेखमा कांग्रेस पहिलो, एमालेले गुमायो विरासत

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको ह

डोटीमा सकियो मतगणना : ७ पालिकामा कांग्रेस, एमाले र माओवादी १/१ पालिकामा विजयी

जेठ ४, डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।  पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।  यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् । उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ ।  नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो । यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएकामा राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए । नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख दिपायल सिलगढी नगरपालिका–प्रमुख : बाजिसिं खड्का ‘विजय’,  उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका–अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका–अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।  यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् । रासस

मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ– २० स्थानीय तह रहेको सर्लाहीमा १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।  जसमा कांग्रेसले ८ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा विजयी हात पारेको छ । यसैक्रममा सदरमुकाम मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।  कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका नागेन्द्रप्रसाद यादवले ९ […]

दाङको शान्तिनगरमा कांग्रेस विजयी

दाङ : जिल्लाका १० स्थानीय तह मध्य  मंगलबार बिहानसम्म ५ वटा नतिजा आएको छ। जस मध्ये एक स्थानीय तहमा गठबन्धनले जितेको छ, भने  अन्य ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ। जसमा शान्तिनगर गाउँपालिका,  दंगीशरण गाउँपालिका, राजपुर गाउँपालिका र बबई गाउँपालिका रहेका छन्। शान्तिनगर गाउँपालिकामा प्रमोद बस्नेत अध्यक्ष पदमा विजयी भएका हुन्।उनले नेकपा एमालेका विष्णु केसीलाई हराउँदै विजयी  भएका हुन्। बस्नेतले ५ हजार ७१६ मत ल्याएका थिए, भने केसीले ४ हजार ५२४ मत ल्याएका थिए। मुख्य ३ दलबीच भ

यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)

काटमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ। मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेस विजयी भएका पालिका मनाङको नार्पाभूमि मुस्ताङको घरपझोङ मनाङको नासों गुल्मीको गुल्मीदरबार […]

मनाङका २ स्थानीय तहमा एमाले, २ मा कांग्रेस विजयी

मनाङका सबै स्थानीय तहको मतगणना सकिएको छ । मनाङमा चार स्थानीय तह रहेका छन् । मनाङका चामे र मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका अध्यक्ष निर्वाचित हुँदा नासोँ र नार्पाभूमि गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भने फरक-फरक पार्टी र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

चुनावमा एमाले विरुद्द गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिदैँ प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णय सर्वसम्मत् रुपमा गरिएको बताए । उनले भने – ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नितिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरुले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्तत्वगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नितिगत निर्णय पार्टीले सर्वसम्मत् बाट गरेको छ ।’गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिए । पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उनले बताए । उनले भने – ‘जुन गठबन्धनमा रहेका दलहरु छन् । उनीहरु सँग तालमेल गर्ने हाम्रो नितिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्रीय तहमा पनि एउटा संयन्त्र बनाउँछ । प्रदेश, जिल्ला, क्षेत्रिय समिति तहमा पनि संयन्त्र बन्छ । र सम्बन्धित गठबन्धनमा रहेका दलहरु छन्, त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन, व्यवस्थापन मिलाउँछ । गठबन्धन प्रक्रियालाई व्यवहारिक रुपमा अगाडी बढाउने काम हामी गर्छौ । जुन–जुन तहलाई जे अधिकार दिइएको छ । जस्तो प्रदेश क्षेत्रिय समितिलाई अधिकार दिइएको छ वडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेशहरुलाई नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको जुन अधिकार दिइएको छ । त्यही अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडी बढाउँछौँ ।’केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ । त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले पार्टी उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ । समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ । त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ । बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रीपरिषद् सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफुले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ बैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्वन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ ।