डोटीमा सकियो मतगणना : ७ पालिकामा कांग्रेस, एमाले र माओवादी १/१ पालिकामा विजयी

जेठ ४, डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।  पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।  यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् । उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ ।  नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो । यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएकामा राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए । नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख दिपायल सिलगढी नगरपालिका–प्रमुख : बाजिसिं खड्का ‘विजय’,  उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका–अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका–अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।  यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् । रासस

सम्बन्धित सामग्री

गण्डकीमा कांग्रेसलाई ‘फलिफाप’, एमाले र माओवादी खुम्चिए

स्याङ्जा क्षेत्र नम्बर २ मा अस्वाभाविक रुपमा बुथमा कब्जा गरी मत खसालिएको भन्दै एमाले लगायत दलले विरोध गरेपछि त्यहाँको मतगणना हुन सकेको छैन । निर्वाचन आयोग पुनःमतदान गर्ने वा खसेको सोही मत गन्ने भन्ने टुंगोमा नपुग्दा त्यहाँको नतिजा आउने ढिलाइ भएको हो । गण्डकी प्रदेशका अन्य निर्वाचन क्षेत्रको भने नतिजा आइसकेको छ ।प्रतिनिधि सभातर्फका प्रत्यक्षको १८ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले प्रतिनिधिसभातर्फ ९ र  सभामा १६ सिट जितिसकेको छ । ०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र

एमालेका शक्तिशाली पदाधिकारी हारे, कांग्रेसलाई कम क्षति

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको मतगणना सकिने क्रममा छ । प्रतिनिधिसभातर्फ अब परिणाम आउन ३८ निर्वाचन क्षेत्रको मात्र बाँकी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत प्रमुख शक्तिका रुपमा रहेका छन् । नयाँ शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । चुनावी प्रतिस्पर्धामा गएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]

स्वतन्त्रबाट उम्मेदवारी दिएका को-को भए विजयी ?

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको मतगणना चलिरहेको छ । मतगणना सुरु भएको ६ दिन भइसक्दा पनि १ सय ६५ क्षेत्रको पूरा नतिजा आइसकेको छैन । अहिलेसम्म १ सय १९ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छ । यो नतिजा अनुसार कांग्रेस ४१, एमाले ३०, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् । त्यस्तै राप्रपाले पनि ५ ठाउँमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवा...

एक सय स्थानको नतिजा आउँदा कुन दलको कति सिट ? (सूचीसहित)

काठमाडौँ – ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा निर्वाचनको मतगणना अहिले कतिपय ठाउँमा अझै पनि जारी छ । भने कतिपय ठाउँको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक सय स्थानकाे अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जस अनुसार नेपाली कांग्रेस ३६, नेकपा एमाले २२, माओवादी केन्द्र ९ , एकीकृत समाजवादी […]

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

देशका ७५३ पालिकामध्ये ७४५ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारी विजयी बनेका छन् । काँग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार काँग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ ।  मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।काँग्रेसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।मतगणना सम्पन्न भएका पालिकामध्य

अछामका पाँच पालिकामा कांग्रेस विजयी, एमाले र माओवादी एक–एक पालिकामा सीमित

अछामका सात स्थानीय तहको मतगणना सकिएको छ। यहाँको पाँच तह कांग्रेसले जितेको छ भने एमाले र माओवादी केन्द्र एक–एक

बैतडीमा मिश्रित नतिजा

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।...

सुर्खेतको चिङ्गाडमा एमाले, बराहतालमा माओवादी केन्द्रले लियो अग्रता

सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ३०० मत गणना गर्दा प्रमुखमा एमालेका बोधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् । छ वटा वडा रहेको चिङ्गाडमा अहिले वडा नं १ को मत गणना भैरहेको छयता बराहताल गाउँपालिकमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। तीन सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन्।यस्तै नेपाली कांग्रेसका भीम भण्डारी ९१ र एमालेबाट घनश्याम पाण्डेले ७९ मत पाएका छन्।