२० अर्बको रिभर्स रिपो जारी

बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंगलबार पनि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । गत असार ७ र १० मा रिभर्स रिपो जारी गरेको केन्द्रीय बैंकले मंगलबार फेरि रिपोमार्फत प्रणालीको पैसा तानेको हो । प्रणालीमा तरलता अधिक भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता तान्ने गर्दछ । सोही अनुसार गत असार […]

सम्बन्धित सामग्री

रिभर्स रिपोमा मागको दोब्बर आवेदन

काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले जारी गरेको रिभर्स रिपोमा मागको तुलनामा दोब्बर आवेदन परेको छ ।  केन्द्रीय बैंकले बुधवार १४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल गरेको थियो । जसमा १४ ओटा बैंक, वित्तीय संस्थाले ८७ ओटा बोलकबोलमार्फत ४० अर्ब १५ करोड रुपैयाँका लागि आवेदन गरेका छन् ।  रिभर्स रिपोमा बैंकहरूबीच अत्यधिक प्रतिस्पर्धा भएपछि ब्याजदर पनि घटेको छ । बुधवार बैंकहरूले अधिकतम २ दशमलव ७४ प्रतिशत र न्यूनतम २ प्रतिशत ब्याजदर बोलकबोल गरेकोमा औसत २ दशमलव ३७ प्रतिशत ब्याजदर कायम भएको छ ।  राष्ट्र बैंकले मंगलवार पनि २० अर्ब रुपैयाँकै रिभर्स रिपो जारी गरेको थियो, जसमा अधिकतम २ दशमलव ९२ र न्यूनतम १ दशमलव ५९ प्रतिशत ब्याजदर बोलकबोल भएको थियो । यसमा २ दशमलव ५४ प्रतिशत ब्याजदर कायम भएको थियो । मंगलवार पनि बैंक, वित्तीय संस्थाले ५३ अर्ब ५० करोड रुपैयाँको रिभर्स रिपोका लागि आवेदन गरेका थिए ।  मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो जारी गर्ने प्रावधान छ । हाल नीतिगत दर ७ प्रतिशत छ । वित्तीय प्रणालीमा उच्च तरलतासँगै अन्तरबैंक कारोबारको ब्याजदर तोकिएको सीमाभन्दा तल झरेपछि राष्ट्र बैंकले लगातार रिभर्स रिपो जारी गर्दै आएको छ । तर, अन्तरबैंक ब्याजदर भने बढ्न सकेको छैन ।  यसअघि असार १९ गते पनि राष्ट्र बैंकले १० दिन अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको थियो । उक्त रिपोको अवधि आगामी शुक्रवार पूरा हुँदै छ । यसअघि केन्द्रीय बैंकले असारको ७ र १० गते गरी २३ अर्ब १० करोड रुपैयाँ बराबरको रिर्भस रिपो जारी गरेको थियो ।  तर, बैंकहरूमा उच्च तरलता भएकाले रिभर्स रिपोका कारण पनि ब्याजदर बढ्न सकेको छैन । बुधवार मात्र अन्तरबैंक ब्याजदर शून्य दशमलव ८६ प्रतिशतमा झरेको छ । सोमवारसम्म बैंक, वित्तीय संस्थाहरूमा निक्षेप ५७ खर्ब १३ अर्ब पुगेको छ । त्यस दिनसम्ममा ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८२ दशमलव ११ प्रतिशतमा झरेको छ । ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्थाअनुसार बैंकहरूसँग साढे ४ खर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता छ ।  तरलता सहज भए पनि उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा बैंकहरूले कर्जा विस्तार गर्न नसकेका हुन् । बैंकहरू सरकारी ऋणपत्रलगायत अल्पकालीन लगानीमा केन्द्रित छन् । यसले गर्दा ट्रेजरी बिल्स, अन्तरबैंक कारोबारलगायत अल्पकालीन ब्याजदर घटिरहेको छ ।

रिभर्स रिपोमा मागभन्दा बढीको आवेदन

काठमाडौं । बजारको अधिक तरलता उठाउन नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको रिभर्स रिपोमा मागभन्दा बढीका लागि आवेदन परेको छ । केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल आ≈वान गरेकोमा २८ अर्ब ८० करोड रुपैयाँका लागि आवेदन परेको छ ।  मंगलवारको रिभर्स रिपोमा ११ ओटा बैंक तथा वित्तीय संस्थाले ६१ ओटा बोलकबोल पेश गरेका थिए । जसमा अधिकत ५ दशमलव ३७ प्रतिशत र न्यूनतम ४ दशमवल ४९ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ५ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम भएको छ ।  चालू आर्थिक वर्ष (आव)मा जारी भएको यो तेस्रो रिभर्स रिपो हो । चालू आवको माघमा ५ अर्बको रिभर्स रिपो जारी भएकोमा असारको ७ र १० गते गरी २३ अर्ब १० करोड रुपैयाँ बराबरको जारी भएको थियो ।  मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो जारी गर्ने प्रावधान छ । हाल नीतिगत दर ७ प्रतिशत तोकिएको छ ।  वित्तीय प्रणालीमा उच्च तरलतासँगै अन्तरबैंक कारोबारको ब्याजदर आइतवार ३ दशमलव ४२ प्रतिशतमा झरेको छ । आइतवारसम्म बैंक, वित्तीय संस्थाहरूले ५६ खर्ब १३ अर्ब निक्षेप संकलन गरी ४८ खर्ब ६२ अर्ब कर्जा लगानी गरेका छन् । अघिल्लो दिनको तुलनामा ५ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह स्थिर छ ।  निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८३ दशमलव ४७ प्रतिशतमा झरेको छ । ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्थाअनुसार बैंकहरूसँग साढे ३ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको छ । पछिल्लो समय बैंकहरूमा तरलताको अवस्था सहज भए पनि कर्जा विस्तार गर्न सकेका छैनन्, जसले गर्दा उनीहरू सरकारी ऋणपत्रलगायत अल्पकालीन लगानीमा केन्द्रित छन् । फलस्वरूप ट्रेजरी बिल्स, अन्तरबैंक कारोबारलगायत अल्पकालीन ब्याजदर घटिरहेको छ । सरकारी ऋणपत्र टे«जरी बिल्सको ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।

राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने

काठमाडौँ- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो । जसअनुसार […]

अन्तरबैंक ब्याजदर सीमाभन्दा कम भएपछि दोस्रोपटक रिभर्स रिपो

काठमाडौं । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल आएपछि नेपाल राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको छ । बिहीवार ७ दिन अवधिको रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ तरलता खिचेको हो ।  बिहीवारको रिभर्स रिपोमा ९ ओटा बैंक, वित्तीय संस्थाले ५९ ओटा आवेदनमार्फत २६ अर्ब ३३ करोड रुपैयाँका लागि बोलपत्र गरेका थिए । त्यसमा अधिकतम ३ दशमलव २४ प्रतिशत र न्यूनतम २ दशमलव ७३ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ३ दशमलव शून्य १ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  २०७८ साउन ५ गते रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड रुपैयाँ तथा साउन १३ र २१ गते निक्षेप संकलनमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ बजारबाट उठाएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) मा पहिलोपटक माघ १२ गते रिभर्स रिपोमार्फत बजारबाट ५ अर्ब रुपैयाँ उठाएको थियो ।  वित्तीय प्रणालीमा निक्षेप वृद्धिसँगै तरलता सहज भएपछि केन्द्रीय बैंकले चैत दोस्रो सातापछि रिपोलगायत उपकरणबाट तरलता प्रवाह गरेको छैन । अन्तिमपटक चैत २३ गते १४ दिन अवधिको २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो । त्यसैगरी बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटिरहेको छ । बैंकहरूले वैशाख १३ गतेयता ओभरनाइट रिपो र जेठ १७ गतेयता एसएलएफ सुविधा लिएका छैनन् । बैंक, वित्तीय संस्थामा तरलता अधिक भई अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट तरलता खिचेको हो ।  मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो÷रिभर्स रिपो जारी गर्ने प्रावधान छ । जेठयता लगातार ओरालो लागेको अन्तरबैंक कारोबारको औसत ब्याजदर मंगलवार ४ प्रतिशतमा झरेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा सुधारसँगै बैंकहरूमा निक्षेप बढे पनि उच्च ब्याजदर र आर्थिक गतिविधिमा आएको कमीका कारण कर्जा प्रवाह हुन सकेको छैन । यसले गर्दा टे«जरी बिल्स, विकास ऋणपत्र, अन्तरबैंक कारोबारको ब्याजदरहरू लगातार घटिरहेका छन् । चालू आवको वैशाखसम्ममा राष्ट्र बैंकले रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड, सोभै खरीद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरिसकेको छ । वैशाखसम्ममा बैंक, वित्तीय संस्थामा ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ निक्षेप वृद्धि हुँदा उनीहरूले १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।  चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको माथिल्लो सीमा अर्थात् बैंकदर ७ प्रतिशतबाट ८ दशमलव ५ प्रतिशत र तल्लो सीमा अर्थात् निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत तथा नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशतमा पुर्‍याएको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ८ दशमलव ५ प्रतिशतमा प्रवाह हुँदै आएको दैनिक तरलता सुविधा नीतिगत दर अर्थात ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको थियो । यस्तै तेस्रो त्रैमासिक समीक्षाबाट बैंकदर १ प्रतिशत विन्दुले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरे पनि नीतिगत दर यथावत् राखेको छ ।

रिपोको ब्याजदर फेरि न्यून विन्दुमा

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७ दशमलव ७९ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८ दशमलव ५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १० दशमलव १० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए । माघ ५ गते रिपोको ब्याजदर ७ दशमलव ५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८ दशमलव ५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् । चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपो/रिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७ दशमलव शून्य १ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो । राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपो/रिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ । तरलताको अवस्था सहज हुँदै गए पनि उच्च ब्याजदरका कारण कर्जा विस्तार हुन सकेको छैन । चैतदेखि लागू हुने गरी बैंक, वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भने कर्जाको प्रिमियम दर पनि १ प्रतिशत विन्दुले घटाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार चैतदेखि बैंकहरूले स्प्रेडदर घटाउनुपर्ने भएकाले वैशाखदेखि कर्जाको ब्याजदर सस्तो हुने अपेक्षा गरिएको छ  । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा गरी ओभरनाइट रिपोको ब्याजदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ७ प्रतिशत कायम गरेको छ । तरलताको अवस्था सहज भएपछि बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा लिने क्रम समेत घटिरहेको छ । बिहीवार स्थायी तरलता सुविधाअन्तर्गत ६ करोड र ओभरनाइट रिपोअन्तर्गत ३० करोड रुपैयाँ मात्र कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

२० अर्बको रिभर्स रिपो जारी गर्दा ३३ अर्बको माग

नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो निष्कासन गरेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई खिच्नका लागि उक्त रिभर्स रिपो जारी गर्ने भएको हो ।

बैङ्कहरूबाट तरलता प्रशोचन गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट २० अर्ब रुपियाँ खिच्ने भएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैङ्कले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपियाँ तान्न लागेको हो ।