रिपोको ब्याजदर फेरि न्यून विन्दुमा

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७ दशमलव ७९ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८ दशमलव ५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १० दशमलव १० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए । माघ ५ गते रिपोको ब्याजदर ७ दशमलव ५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८ दशमलव ५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् । चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपो/रिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७ दशमलव शून्य १ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो । राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपो/रिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ । तरलताको अवस्था सहज हुँदै गए पनि उच्च ब्याजदरका कारण कर्जा विस्तार हुन सकेको छैन । चैतदेखि लागू हुने गरी बैंक, वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भने कर्जाको प्रिमियम दर पनि १ प्रतिशत विन्दुले घटाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार चैतदेखि बैंकहरूले स्प्रेडदर घटाउनुपर्ने भएकाले वैशाखदेखि कर्जाको ब्याजदर सस्तो हुने अपेक्षा गरिएको छ  । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा गरी ओभरनाइट रिपोको ब्याजदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ७ प्रतिशत कायम गरेको छ । तरलताको अवस्था सहज भएपछि बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा लिने क्रम समेत घटिरहेको छ । बिहीवार स्थायी तरलता सुविधाअन्तर्गत ६ करोड र ओभरनाइट रिपोअन्तर्गत ३० करोड रुपैयाँ मात्र कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

ब्याजदर एकल विन्दुमा झार्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर एक्ल विन्दुमा सीमित राख्न आफूले पहल गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए । मौद्रिक नीतिका कारण ब्याजदर बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल बिन्दुमा सीमित राख्न […]

विकास ऋणपत्रको ब्याजदर चालू आवकै न्यून विन्दुमा

काठमाडौं । विकास ऋणपत्रको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा झरेको छ । निक्षेप वृद्धिसँगै बैंक, वित्तीय संस्थामा तरलता सहज भए पनि उनीहरूले कर्जा प्रवाह गर्न नसकेपछि सस्तो ब्याजदरमा सरकारी ऋणपत्रमा लगानी गरेका हुन् । जसको कारण सरकारले सस्तो ब्याजदरमा ऋण उठाउन पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार ७ अर्ब रुपैयाँ बराबरको ५ वर्षे विकास ऋणपत्रका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा बैंकहरूले न्यूनतम ८ दशमलव ९८ प्रतिशत ब्याजदर ऋणपत्र खरीद गरेका हुन् । यसअघि गत साता जारी भएको ५ वर्ष अवधिकै ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा बैंकहरूले ९ दशमलव ५ प्रतिशत न्यूनतम ब्याजदर मागेका थिए । मंगलबार कायम भएको ब्याजदर चालू आवकै न्यून हो । सरकारले चालू आवमा विकास ऋणपत्रमार्फत ३० अर्ब रुपैयाँ बराबर ऋण उठाएको छ । सोमध्ये गत पुस पहिलो साता जारी गरेको विकास ऋणपत्रको ब्याजदर १० दशमलव ९३ प्रतिशत कामय भएको थियो । पछिल्लो समय भने बैंकहरुले बोलकबोलमा ब्याज घटाउँदै लगेका छन् । मंगलवार २८ अर्ब १४ करोड रुपैयाँ बराबरको बोलपत्रका लागि आवेदन परेको थियो । बोलकबोलमा ३२ ओटा बैंक, वित्तीय संस्थाले ११९ ओटा बोलपत्र पेश गरेका थिए । तरलता सहज भएपछि अन्तरबैंक औसत ब्याजदर पनि सोमवार ४ दशमलव १४ प्रतिशत कायम भएको छ । अघिल्लो शनिवार अन्तरबैंक ब्याजदर ४ दशमलव शून्य ९ प्रतिशतसम्म झरेको थियो । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले १८ महीनापछि रिभर्स रिपोमार्फत बजारबाट तरलता खिचेपछि ब्याजदरमा केही वृद्धि देखिएको छ । त्यसपछि भने बैंकहरूले छोटो अवधिको सरकारी ऋणपत्रमा ब्याजदर वृद्धि गरेका छन् । बैंकहरूले ब्याजदर बढाएपछि सोमबार बोलकबोलमा राखिएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स राष्ट्र बैंक आफैले खरीद गरेको थियो । सोमवार जारी भएका ट्रेजरीमध्ये ९१ दिनको टे«जरीको ब्याजदर वृद्धि भए पनि १८२ र ३६४ दिन अवधिको ब्याजदर घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

‘कर्जाको ब्याजदर दुई अंकमा राख्नु उचित’

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कर्जाको ब्याजदर दुई अंकको सबैभन्दा तल्लो विन्दुमा राख्नुपर्ने बताएका छन् । निक्षेपमा ब्याजदर करेक्सन गरिएमात्रै कर्जाको ब्याजदर घट्ने उनको भनाइ छ । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रमकम पूर्व अर्थमन्त्री डा. खतिवडाले भने, “माथिल्लो एक अंकमा निक्षेपको ब्याजदर र दुई अंकको सबैभन्दा तल्लो बिन्दुमा कर्जाको ब्याजदर राख्दा सन्तुलन हुन्छ […]

ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा

बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब

ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा

काठमाडौं, पुस २६ । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब र ३६४ दिनको ६ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल […]

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रणका लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४...

बैंक कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, ऋणीलाई तनाव

तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन् । सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन् ।अघिल्लो महिना यस्तो ब्याजदर मुद्दती निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए । तर, असोज महिनाका ल

अमेरिकामा ब्याजदर फेरि बढ्यो, महंगी ४० वर्ष यताकै उच्च विन्दुमा

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ । बैंकले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ । संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २ दशमलव २५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशतमा पुर्‍याएको बताइएको छ । बैंकले अर्थतन्त्रमा मागको स्तर […]

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत ब्याजदर तोकेको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो । बजारमा गहिरिँदो तरलता अभावकाबीच बैंकहरुले निक्षेपको ब्याजदर नै ११.०३ प्रतिशत तोकेपछि सहकारी संघ संस्थाहरुले सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पुर्याउन माग गरेका थिए । तर शुक्रबार बसेको ब्याजदर निर्धारण समितिले मध्य विन्दुमा १६ प्रतिशत तोक्ने निर्णय गरेको

ब्याजदर वृद्धिको असरले नेप्से सूचक २५ सय विन्दुमा

सेयर धितो कर्जामा गरिएको कडाइसँगै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार २५ सय विन्दुमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भई ब्याजदर वृद्धि भए पनि सेयर बजारमा समेत प्रभाव देखिएको छ । पछिल्लो दुई दिनमा गरी सेयर बजार डेढ सय अंकले गिरावट आएको छ । गत भदौ १ गते […]