सात दिनभित्र बक्यौता नतिरे कारबाही : प्राधिकरण

पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । बक्यौता रकम […]

सम्बन्धित सामग्री

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगलाई कारवाही गर्न सांसदको माग

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता रकम नतिर्ने उद्योग र प्रतिष्ठानलाई कारवाही गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले...

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले  जानकारी दिए । उनका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रुपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो । पटक पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्ति/फर्म/संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । कोषले पत्राचार गरेको र कारणवस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र आफूले तिर्न बाँकी रकम बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिसअनुसार कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्ति/संस्था/फर्म/कम्पनीको बैंक खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले बताए ।

बक्यौता नतिर्नेको बैंक खातादेखि राहदानी रोक्का गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ । पटकपटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको […]

पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग […]

कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही, जग्गा र बैङ्क खाता रोक्का

लहान । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारबाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही स्वरूप कारोबार, बैङ्क खाता र चल अचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए। रु पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारबाही अघि बढाइएकामा […]

बक्यौता बुझाउन अटेरी गर्दै हेली कम्पनी निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ को करिब सवा करोड शुल्क बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी...