७ एयरलाइन्सको ९ करोड रुपैयाँ बक्यौता, नतिर्ने एयरसाइन्सलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

चैत ६, काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीलाई समयमै बक्यौता तिर्न ताकेता गरेको छ । प्राधिकरणले पटक- पटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेको जानकारी गराउँदै प्राधिकरणले सात दिनभित्र बक्यौता नतिरे कारबाही गर्ने चेतवानी दिएको हो ।प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीहरुलाई कारबाहीको चेतावनी दिएको हो । बक्यौता नतिरेका एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आइतवार ताकेता गरेको हो ।बक्यौता रकम नबुझाउने एयरलाइन्सलाई कानूनी कारबाही गरिने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘ बाँकी बक्यौता नबुझाएका एयरलाइन्स कम्पनीलाई सात दिनभित्र बक्यौता तिर्न भनेका छौं’ महानिर्देशक अधिकारीले भने, ‘नबुझाएमा कानुनी दायरामा ल्याइनेछ । उनका अनुसार बक्यौता बुझाउने सात दिने समय सकिएपछि बक्यौता रकम नबुझाउने सम्बन्धित एयरलाइन्सका सञ्चालकको विदेश भ्रमण रोक्ने र बैंक खाता रोक्का गरिने कारबाही गर्ने तयारी प्राधिकरणको छ । ‘यो सूचनापछि तुरुतै प्रवेशाज्ञा रोक्का हुन्छ’ महानिर्देशक अधिकारीले भने, ‘विदेश भ्रमण र नेपाल भरका बैंक खाता रोक्का गर्नसक्ने पनि कानुनी व्यवस्था छ ।’ प्राधिकरणका अनुसार सञ्चालनमा नरहेका तर बक्यौता तिर्ने बाँकी रहेका एयरलाइन्स कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर र गोरखा एयर रहेका छन् ।, त्यस्तै माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डपले पनि बक्यौता नतिरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार नेकोन एयरको ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ, शिवानी एयरको ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरको २० लाख ३५ हजार २९ रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ, स्काइलाइन एयरवेजले ७ लाख ८० हजार ४०० रुपैयाँ, एयर काष्ठमण्डपले ७ लाख ३८ हजार ४४७ र माउण्टेन एयरले ६ लाख १० हजार ८३४ रुपैयाँ बक्यौता बाँकी रहेको छ । प्राधिकरणले यसअघि ताकेता गरेरै कर्णाली एयरबाट बक्यौता असुली गरेको जानकारी दिएको छ । बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानूनअनुसार सञ्चालकको जायजेथाबाट असुल उपर हुन सक्ने कानुनी प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावलीअनुसार सम्बन्धित सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने कानुनी व्यवस्था रहेको छ । रासस

सम्बन्धित सामग्री

प्लास्टिकजन्य फूलको प्रयोग गरेको पाइए कारबाही गर्ने महानगरको चेतावनी

गत साउनदेखि काठमाडौं महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। अब अनुगमन गर्ने र प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।

अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गर्ने मधेस सरकारको चेतावनी

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएका छन्।...

सडक अलपत्र पार्ने सांसद कान्छारामलाई कारबाही गर्ने रामहरी खतिवडाको चेतावनी

ओखलढुंगाका सांसद रामहरि खतिवडाले रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)लाई कारबाही गर्ने चेतावनी दिएका छन्। ओखलढुंगा–निशंखे सडकको काम ठेक्का लिएर अलपत्र पारेको भन्दै खतिवडाले समयमा गुणस्तरीय काम नगरे कारबाही गर्ने चेतावनी...

पार्टीको नीतिविपरीत बोल्नेलाई कारबाही गर्ने एकीकृत समाजवादीको चेतावनी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नीतिविपरीत बोल्ने आफ्ना नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टीको नीतिविपरीत बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो। महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानविपरीत हुने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको […]

सरुवा–बढुवाका लागि नेताका घर धाउने प्रहरीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री रवि लामिछानेले सरुवा र बढुवाका लागि नेताका घर–घर धाउने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

ढुवानी व्यवसायीलाई निगमको चेतावनी : आन्दोलन नरोके कारबाही

२९ भदौ, काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ । चाडपर्वको मुखैमा नयाँ उडान थप […]

राधी हाइड्रोपावरलाई कारबाही गर्ने नेप्सेको चेतावनी

२८ कात्तिक, काठमाडौं । नेपाल स्कट एक्सचेञ्जले राधी जलविद्यत् कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । लगानी सम्बन्धी विवरण बुझाउनु पर्नेमा तोकिएको समयमा नबुझाएको भन्दै नेप्सेल यथाशिघ्र बुझाउन र नबुझाएको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएको हो । राधीको लगानीतर्का कम्पनी खारे ईन्भेष्टमेन्टको प्रबन्ध पत्र, नियमावली, सम्पूर्ण सञ्चालकहरुको विवरण लगायतका कागजातहरु नेप्सले माग गरेको थियो […]

ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी

बेइजिङ, १४ कात्तिक : ताइवान स्ट्रेटमा अमेरिकी सैन्य उपस्थिति देखाएको ताइवानलाई चीनले कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय ताइवान र अमेरिकी सम्बन्धलाई ध्यानमा राख्दै चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी दिएको हो। ताइवानकी राष्ट्रपति साई इङ वेनले गएको बिहीबार सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना सेनालाई प्रशिक्षण दिन ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको र चीनविरुद्ध अमेरिकाले आफ्नो रक्षा […]

सरकारको चेतावनी : कोरोना खोप लगाउँदा पैसा लिनेलाई कारबाही हुन्छ

मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ