मुसहर बालबालिका विद्यालयबाहिरै

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमै ‘कट्टी टोल’ छ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । सिंगो मुसहर बस्तीको गुजाराको माध्यम भनेको मजदुरी हो । बस्तीदेखि दुई सय मिटरनजिक नमुना प्राविधिक धार विद्यालय छ । तर, बस्तीमा आठ कक्षासम्म पढेका कोही भेटिँदैनन् ।

सम्बन्धित सामग्री

विद्यालय नपुगेका मुसहर बालबालिका

लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्‍याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।

मुसहर बस्तीमा पूर्वराजा शाह (तस्बिरहरु)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा शाह शनिबार प्रभु शमशेर राजी राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुगेका हुन्। उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ। पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताएका थिए। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि मुसहर […]

मुसहर महिलाको अगुवाइमा ४० बालबालिका विद्यालय भर्ना

सर्लाहीको बरहथवामा मुसहर महिलाहरूको सक्रियतामा ४० जना बालबालिकाहरू विद्यालय भर्ना भएका छन् ।  बरहथवा नगरपालिका–८, टाँडीमा मुसहर सशक्तिकरण मन्चमा आवद्ध महिलाहरूको अगुवाइमा मुसरहर समुदायका विद्यालय उमेरका बालबालिकाहरूलाई  सामुदायिक विद्यालय भर्ना गरिएको...

मुसहर बालबालिका पढाईप्रति आर्कर्षित

सर्लाही । मुसहर महिला सशक्तिकरण मञ्चको अगुवाईमा ४८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मपिुरका मुसहर महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना गराएका हुन् । मञ्च लक्ष्मीपुरकी सचिव मनिष माझीको अगुवाईमा बालबालिका विद्ययालय भर्ना अभियान अन्तरगत श्री सार्वजनिक माद्यामिक विद्यालयमा २६ छात्र र २२ छात्रा गरी जम्मा […]

सर्लाहीका मुसहर महिला दुधे बालबालिका बोकेर सडकमा

सर्लाही । मुसहर महिला सशक्तिकरण मन्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुले चन्द्रनगरमा जनचेतना मुलक -याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । चन्द्रनगरको बानटोल, पोखरीया, बडकुर्वा, नाडीताल, कामत, बिर्ता बजारका २५० जना भन्दा बढी मुसहर महिलाहरुले विभिन्न चेतनामुलक सन्देस सहित व्यानर, पर्चा र पम्मप्लेटमा श्रमशोषण बन्दगरौँ, […] The post सर्लाहीका मुसहर महिला दुधे बालबालिका बोकेर सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुसहर बालबालिका अझै विद्यालयबाहिर

रौतहटको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका २७ वर्षीय विजय माझीका चार छोरी छन् । सबैभन्दा जेठी सुनिताकुमारी ९ वर्षकी भइसकिन् । उमेरअनुसार उनी विद्यालय जानुपर्ने हो । तर, दिनभर खेलेरै समय बित्छ । विजयका तीनवटा छोरी विद्यालय जाने उमेरका भए पनि घरमा नै छन् । उनीहरूमात्र नभई रौतहटको डुमरियास्थित मुसहर बस्तीमा विद्यालय जाने उमेरका धेरै बालबालिका दिनभर खेलेरै समय बिताउँछन् ।

मुसहर बस्तीमा चिसोको प्रहार : न लुगा, न खाना !

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन् ।  उनी तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उनको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्,  घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि छन् ।चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्य रुपमा

ढलान सडकले फेरियो मुसहर बस्तीको मुहार

मधुसूदन रायमाझी, सिरहा ।  जब वर्षा शुरू हुन्थ्यो तब सिरहा जिल्ला गोलबजार नगरपालिका–३ निपानेका मुसहर बस्तीमा पानीको निकास नहुँदा विवाद चर्किन्थ्यो । विवाद टोलमा मात्र सीमित नरही प्रहरी कार्यालयसम्म पुग्थ्यो । घर अगाडिको हिलाम्मे बाटामा टोलका बालबालिका चिप्लिएर लड्ने दृश्य सामान्य मानिथ्यो । राजमार्गबाट नजिकै रहे पनि मुसहर वस्तीका बासिन्दाले कहिल्यै आफ्नो घर अगाडिको हिलाम्मे […]

मुसहर समुदायका बालबालिका शिक्षामा आकर्षित

हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून संख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती ...

मुसहर समुदायका बालबालिका विद्यालय बाहिर

तराईको अति पिछडिएको दलित समुदायमा पर्ने मुसहर समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन्। गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट बञ्चित हुनु परेको हो। अभिभावकसँग गाउँमै बसेका बालबालिका पनि अशिक्षाका कारण विद्यालयको पहुँचभन्दा बाहिर छन्। तराईका प्रत्येक मुसहर बस्तीमा पुग्दा मुसहर बालबालिका गाउँमै खेलेर बसेको भेटिन्छन्। बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँकी मन्मादेवि माझीले गाउँका धेरै बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो।