महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन् । उनी तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उनको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि छन् ।चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्य रुपमा